प्रधानमन्त्री देउवाको प्रश्न-माओवादी केन्द्रले समर्थन फिर्ता लिए के हु्न्छ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । विकसित नयाँ राजनीतिक घटनाक्रमपछि सरकारको भविष्य र आसन्न निर्वाचनलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवाले महान्यायाधिवक्तालगायत कानुनविद्सँग परामर्श गरेका छन् ।

प्रधानमन्त्री देउवाले सत्तासाझेदार माओवादी केन्द्रले समर्थन फिर्ता लिँदा आउन सक्ने समस्या र निर्वाचनको भविष्यमा केन्द्रित भएर कानुनविद्सँग परामर्श गरेका हुन् । देउवाले परामर्शका लागि बुधबार एकदर्जन कानुनविद्लाई बालुवाटार डाकेका थिए । कानुनविद्हरू पनि संविधान नै बोकेर देउवालाई भेट्न बालुवाटार
गएका थिए ।

छलफलमा उपस्थित कांग्रेस नेताहरूले निर्वाचन बिथोल्ने रणनीतिअनुरुप वामगठबन्धन भएको हुनसक्ने आशंकासमेत उब्जाएका थिए । महान्यायाधिवक्ता वसन्तराम भण्डारीले नयाँ राजनीतिक घटनाक्रमलाई लिएर छलफल भएको बताए ।

‘माओवादीले सरकारबाट समर्थन फिर्ता लिए त्यसपछिको अवस्था के हुन्छ ? संवैधानिक र कानुनी अवस्था के रहन्छ भन्ने प्रधानमन्त्रीको जिज्ञासा थियो,’ भण्डारीले अन्नपूर्णसँग भने, ‘बिल्कुल राजनीतिक कुरामा छलफल भएको हो । हामीले अहिल्यै समर्थन फिर्ताको अनुमान नगरौं । अहिले कतैबाट त्यस्तो कुरा आएको छैन । कुनै संवैधानिक अड्चन पनि छैन । भोलि फिर्ता भएमा त्यसपछि के गर्ने भनेर सोचौंला भन्यौं । ’कानुनविद्हरूले संविधानलाई ‘ट्र्याक’मा ल्याउन निर्वाचन नै निर्विकल्प उपाय रहेको बताउँदै केही तलमाथि भए निर्वाचन बिथोलिनसक्ने भएकाले त्यसतर्फ सजग हुन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

 

204 total views, 2 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु