यसपाली बिग बोसका १० प्रतियोगी को–को छन् ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । कलर्स टि भिबाट प्रशारीत चर्चित हिन्दि रियालिटी शो बिग बोसको ११ औं श्रृंखला अक्टोबर १ बाट सुरु भएको छ । बलिवुडका सुपरस्टार सलमान खानले संचालन गर्ने उक्त सोमा गत वर्ष जस्तै यसपवर्ष पनि विभिन्न पेशा र क्षेत्रसँग सम्बन्धित प्रतियोगीहरु एउटै घरमा देखिनेछन् ।

को–को छन् त प्रतियोगीहरु ?

१. शिल्पा शिन्दे

शिल्पा शिन्दे चर्चित टिभी सिरियल भाभीजी घर पर है को मुख्य नायिका थिइन् ।

२. सपना चौधरी

नेपालमा ज्योति मगर चर्चामा आएजस्तै सपना चौधरी पनि हरियाणको चर्चित डान्सर सिंगर हुन्।

३. हितेन तेजवानी

कुटुम्ब, क्योंकी सास भी कभी बहु थी जस्ता सिरियलका एक्टर हुन् ।

४. हिना खान

पपुलर कार्यक्रम ये रिश्ता क्या कहलाता है छोडेकी अक्षरा अर्थात् हिना खान यो वर्षको बिग बोसमा देखिने भएकी छिन् ।

५. विकास गुप्ता

उनी टेलिभिजनका विवादास्पद निर्माता तथा लेखक हुन्।

६. बेन अफशा सोनवाला


रोडिज एक्स–४ सिजन १३ बाट चर्चामा आएकी बेनाअफशा आफ्नो स्टाइलका लागि चर्चित छिन् ।

७. जुबेर खान


उनी चर्चित व्यक्ति दाउद इब्राहिमका ज्वाईँ हुन् ।

८. शिवानी दुर्गा


नोयडा निवासी शिवानी धार्मिक गुरु हुन ।

९.प्रियन्क शर्मा

निर्माता विकास गुप्ताका निकट मानिने प्रियन्क रोडिज राइजिंगबाट चर्चामा आएका थिए ।

१० ज्योति कुमार

मसौढी पटना निवासी ज्योति सामान्य परिवारसँग सम्बन्धित छिन् । उनका बुवा चौकिदार छन् ।

368 total views, 2 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु