अमेरिकाको भर्जिनियामा ग्लोवल भुटनिज अर्गनाइजेशन हिन्दु सोसाइटीको (GBHO) बिशेष सम्मेलन सम्पन्न

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अमेरिकाको ओयस्ट भर्जिनिया स्थित बृन्दाबन भन्ने स्थानमा अमेरिकाका सबै स्टेटका नेपाली युवाहरुबिच एक बिशेष सम्मेलन सम्पन्न भएको छ । सो सम्मेलनमा सकारात्मक सोच, स्वस्थ जिवन र कसरी तनावलाई नियन्त्रण गरेर बाँच्न सकिन्छ र वैदिक विज्ञानका मुलभुत कुराहरु के के हुन जिबन विज्ञान लाई कसरी राम्रो पार्न सकिन्छ  भन्ने कुराको चर्चा गरिएको थियो’ ३ दिन सम्म चलेको सो सम्मेलनमा आचार्य राजन शर्मा प्रमुख अतिथी तथा वत्ताको रुपमा थिए ।

यस्तै गरेर स्वामीपत्री लगायत विभिन्न क्षेत्रमा दखल हासील गर्नु भएका विशिष्ट व्यक्त्तिहरुले योग ध्यान र सकारात्मक सोच अध्यात्म र जिवन जिउने कलाको बारेमा र वैदिक विज्ञानका मुलभुत कुराहरु के के हुन र जिवन विज्ञान लाई कसरी राम्रो पार्न सकिन्छ भन्ने कुराको चर्चा गरिएको थियो ।

ग्लोवल भुटनिज अर्गनाइजेशन हिन्दु सोसाइटी (GBHO) नामको संस्थाले सो कार्यक्रमको आयोजना गरेको हो  । सो अवसरमा भुटानबाट अमेरिका आएर बसोबास गरेका अधिकांश युवा  समुदायको उपस्थिती रहेको थियो । यस्तो कार्यक्रम यहाँ मात्र नभएर विश्व भर संचालन गरिने र (GBHO) ले विश्वका अन्य शहरमा समेत आफ्नो शाखा विस्तार गर्ने  (GBHO)का संयोजक तथा प्रमुख  कमल धिमालले असनेपाल न्युज लाई बताए । यस्तै गरेर सो अवसरमा सो संस्थाका उपाध्यक्ष भिष्म निरौला लगाएत डा लक्ष्मी नारायण खिम खतिवडा का साथै विभिन्न क्षेत्रमा दखल हासिल गरेका व्यक्त्तिहरु लगाएत ले पनि आ आफ्नो धारणा तथा प्रस्तुति राखेका थिए ।

अमेरिका तथा विभिन्न देश बाट आएका विशिष्ट व्यक्त्तिहरुको सो कार्यक्रम अमेरिकामा रहेका युवा जमातलाई सकारात्मक सोच,योग, वैदिक जिवन मा लिएर आउने एउटा विशेष कार्यक्रम बन्न पुगेको आयोजक तथा कार्यक्रममा सहभागी हरुले बताए ।

सो अबसरमा विहान योग ध्यान साधना दिउँसो प्रबचन तथा विभिन्न तालिम प्रशिक्षण का साथै वेलुकी संध्या बन्धनका कार्यक्रमहरु आयोजना गरिएको थियो ।

शुद्द शाद्दिक भोजन, वैदिक विज्ञानको बाताबरण का साथै कार्यक्रममा विभिन्न घोषणा  समेत (GBHO) ले पारित गरेको छ । सो अवसरमा आचार्य राजन शर्मा द्वारा तयार पारिएको प्राणायम नामको एक भिडीयोको डी भी डी समेत विमोचन गरियो । सो डी भी डी मा छ वटा प्राणायमका सिदान्त तथा व्यवहारिक प्रयोजनका विभिन्न विधिहरु प्रयोग गरिएको छ । सो उद्घाटनको लागी कार्यक्रममा सहभागी ७५ बर्षिय व्यक्त्ति अर्थात जेष्ठ नागरिक देखी लिएर र अन्तराष्ट्रिय कलाकार मञ्चका  अध्यक्ष राम प्रसाद खनालका साथै विभिन्न क्षेत्रका व्यक्त्तित्वहरु र लामो समय देखी अध्यात्म क्षेत्रमा लागी रहनु भएका लब्ध प्रतिष्ठित व्यक्त्ति वासु आचार्यले लोकार्पण गरेका थिए ।

सो कार्यक्रममा बोल्दै कमल धिमालले यस्ता कार्यहरुले मानिसलाई असल जिवन जिउन र आधुनिक जिवन जिउन पनि प्राचिन विज्ञानका कलाहरुलाई कसरी आत्म साथ गर्न सकिन्छ भन्ने कुराहरु उल्लेख गरेका थिए ।

 

269 total views, 2 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु