यी हुन् अष्ट्रेलियाका सस्ता युनिभर्सिटीहरु, फि कति ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

असोज ८, काठमाडौं । बाहिरबाट शिक्षा हासिल गर्न आउने विधार्थी जस्को आयस्रोत कम छ उनीहरुका लागि पनि अष्ट्रेलियामा तुलनात्मक रुपमा केही सस्ता कलेज र युनिभर्सिटीहरु पनि छन् । त्यसैले विद्यार्थीहरुले आफ्नो बजेट अनुसार कलेज र युनिभर्सिटीहरु छान्न पाउने प्रशस्त अवसरहरु छन् । यहाँका सबैभन्दा सस्ता युनिभर्सिटी तथा कलेजहरुमा विदेशी विद्यार्थीको लागि ट्युसन फी औसतमा वार्षिक २०,००० डलर हुन्छ । विदेशी विध्यार्थीहरुको लागि उपर्युक्त केही सस्ता कलेज र युनिभर्सिटीहरुको सूची यहाँ प्रस्तुत गरिएको छ ।

मेलबर्नमा सस्ता युनिभर्सिटी

-भिक्टोरिया युनिभर्सिटी

भिक्टोरिया युनिभर्सिटीको वार्षिक ट्युसन फी २०,००० डलर रहेको छ । यो युनिभर्सिटी पश्चिम छेउछाउमा आधारित भएपनि यसका शैक्षिक सुविधाहरु सहर केन्द्रीत रहेका छन् ।

-अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटी

अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटी मल्टीस्टेट युनिभर्सिटी हो । यो युनिभर्सिटीको नाममा क्याथोलिक रहे पनि सबै धर्मालम्बीहरुको लागि खुल्ला छ । यो युनिभर्सिटीको ट्युसन फी पनि वार्षिक २०,००० डलर रहेको छ ।

सिड्नीमा सस्ता युनिभर्सिटी

सिड्नीमा ६ वटा युनिभर्सिटी छन् त्यसमध्ये सस्ता युनिभर्सिटीहरु यी हुन् ः

-अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटी

सिड्नीमा रहेका युनिभर्सिटीमध्ये अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटी सबैभन्दा सस्तो युनिभर्सिटी हो । यहाँ ट्युसन फी वार्षिक २२,००० डलरदेखि सुरु हुन्छ ।

-वेस्टर्न सिड्नी युनिभर्सिटी

वेस्टर्न सिड्नी युनिभर्सिटीमा विदेशी विध्यार्थीहरुको लागि वार्षिक २३,००० डलर देखि फी सुरु हुन्छ ।

-युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नी

युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नीमा फी ३०,००० डलरभन्दा केहि कम रहेको छ ।

पर्थमा रहेका सस्ता युनिभर्सिटी

पर्थमा ५ वटा युनिभर्सिटी रहेका छन् । जसमध्ये एडिथ कोवन युनिभर्सिटी सबैभन्दा सस्तो युनिभर्सिटी हो । यस युनिभर्सिटीमा फी वार्षिक २७,००० डलर रहेको छ ।

यी बाहेक अन्य सहरका सस्ता युनिभर्सिटीहरु

युनिभर्सिटी अफ क्यानबेरा (क्यानबेरा)

फ्लिनडर्स युनिभर्सिटी (अडेलेड)

सहर बाहिर रहेका केही सस्ता युनिभर्सिटीहरु

युनिभर्सिटी अफ न्यू इंग्ल्याण्ड (अर्मिदाले)

चार्ल्स डार्विन युनिभर्सिटी (डार्विन)

युनिभर्सिटी अफ द सनसाइन कोस्ट (सनसाइन कोस्ट)

युनिभर्सिटी अफ साउथर्न क्विन्सल्याण्ड (टूवूम्बा)

साउथर्न क्रस युनिभर्सिटी (लिस्मोरे)

स्रोतः युनिभर्सिटी रिभ्यू

1,420 total views, 2 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु