गणेश घिमिरेले ल्याए “यादहरुको पहाड”

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

असोज ७, काठमाडौं । प्रवासमा रहेर पनि नेपाली साहित्य र समाजसेवामा सक्रिय गणेश घिमिरेले आफ्नो पहिलो गजल संग्रह “यादहरुको पहाड” लिएर आउनुभएको छ । अनेसासको पाँचौ सम्मेलन पर्थमा साहित्यकार तुलसी दिवसले पुस्तक विमोचन गर्नुभएको थियो । ८४ ओटा गजल समेटिएको उक्त पुस्तक मार्फत गजलकार घिमिरेलले जीवनका सामान्य कथा बस्तु र परिवेश तथा परदेशबाट देश सम्झने कोसिस गर्नुभएको छ ।

पुस्तकका बारेमा बोल्दै मधुवन साहित्य प्रतिष्ठानका अध्यक्ष बाबु त्रिपाठीले पुस्तक समय सान्दर्भिक भएको र एक पटक सबैले पढ्नै पर्ने कुरा बताउनु भयो । त्यस्तै अन्तराष्ट्रिर्य नेपाली गजल मञ्चका अध्क्षय घनेन्द्र ओझाले गजलमा राजनैतिक, सामाजिक र मानविय संवेदनालाई सचेत शिल्पका साथ उठान गरेकोमा लेखकलाई धन्यबाद ज्ञापन गर्नुभयो ।

पुस्तकलाई अनेसास पर्थका लागि करुणा कार्कीले प्रकाशन गर्नुभएको हो । साथै साहित्यकार गणेश घिमिरेले चाडै नै आफ्नो कविताको संग्रह बजारमा ल्याउदैं हुनुहुन्छ ।

 

 

 

1,482 total views, 2 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु