चिकित्सकहरु आन्दोलनमा ; देशभरका अस्पताल ठप्प (के के छन् त मागहरु ?)

असोज ६, काठमाडौं । आज देखि नेपाल चिकित्सक संघको आव्हानमा देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द भएका छन् ।
गत असोज २ गते मन्त्रिपरिषद बैठकले चिकित्सकहरुको लापरवाहीबाट बिरामीको मृत्यु भए त्यसको क्षतिपूर्ती चिकित्सकबाट तिराउने गरी विधेयक तयार गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको विरोधमा चिकित्सकहरुले सेवा बन्द गरेका हुन ।

यस अघि बुधबार नेपाल चिकित्सक संघले निर्णय फिर्ता लिन सरकारलाई ७२ घन्टे अल्टिमेटम दिएको थियो । तर सरकारले सो निर्णयका विषयमा कुनै पहल नगरेपछि चिकित्सकहरु अनिश्चितकालीन आन्दोलनमा उत्रिएका हुन् ।आफ्नो माग पुरा नभए सम्म काममा नर्फकने चिकित्सकहरुले जनाएका छन ।

के के छन् त मागहरु ?

१. २०७४ आश्विन २ गते बसेको मन्त्री परिषद्को बैठकले चिकित्सकहरुलाई मात्रै लक्षित गरी कानूनी राज्यको उपहास गर्दै गरिएको विवादास्पद निर्णयलाई अबिलम्ब सार्वजनिक रुपमा फिर्ता लिनु पर्ने ।

२. स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ र नियमावली २०६९ लाई आवश्यक परिमार्जन गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथी हातपात गर्ने व्यक्ति वा समूहहरुलाई बिना धरौटी जेल चलानको प्रावधानको उक्त ऐन तथा नियमावलीमा थप गर्नु पर्ने ।

३. नेपाल चिकित्सक संघसँग नेपाल सरकारले विगतका गरेका सम्झौताहरुको अक्षरस कार्यान्वयन हुनु पर्ने ।

974 total views, 6 views today

Comments

comments

सम्बन्धित शिर्षकहरु