चुनाब अपडेट :३० स्थानको परिणाम सार्वजनिकः कांग्रेस १०,राजपा ६, माओवादी केन्द्र ५ र एमाले ४ स्थानमा विजयी

काठमाडौं । प्रदेश नम्बर २ को १३६ स्थानीय तह मध्य अहिलेसम्म ३० स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक भएको छ ।
अन्तिम परिणाम आएको ३० स्थानीय तहमध्ये नेपाली कांग्रेस १०, राजपाले नेपाल ६, माओवादी केन्द्रले ५ ,एमाले ४, संघीय समाजवादी फोरम ३ र नेपाल लोकतान्त्रिक फोरम २ स्थानमा विजय भएका छन ।

त्यस्तै परिणाम आएको ३० स्थानीय तहमध्ये नेपाली कांग्रेसले ३४ स्थानमा अग्रता कायम राखेको छ भने पछिल्लो निर्वाचनमा मात्रै भाग लिएको राजपा नेपाल १४ स्थानमा अगाडि रहेको छ ।

यस्तै, माओवादी केन्द्रले मतगणना जारी रहेको १९ स्थानमा अग्रता लिइरहेको छ । चौंथो एमालेले १३ स्थानमा अग्रता लिएको छ । संघीय समाजवादी फोरमले भने गणना भइरहेको २४ स्थानमा अग्रता कायम राखेको छ ।

अर्को मधेसवादी दल नेपाल लोकतान्त्रिक फोरमले भने एक स्थानमा अगाडि छ ।

5,062 total views, 6 views today

Comments

comments

सम्बन्धित शिर्षकहरु