चुनाब अपडेट: २६ स्थानको परिणाम सार्वजनिकः कांग्रेस ८, माओवादी ५,एमाले ४ र राजपा ४ स्थानमा विजयी

असोज ५, काठमाडौं । तेस्रो चरणको स्थानीय तह निर्वाचनअन्तर्गत् प्रदेश नम्बर–२ मा भएको निर्वाचनको २६ स्थानको मतपरिणाम सार्वजनिक भएको छ ।

बिहीबार दिउँसो साढे ३ बजेसम्म घोषित परिणामअनुसार नेपाली कांग्रेस ८, नेकपा माओवादी केन्द्र ५,नेकपा एमाले र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल ४ स्थानीय तहको प्रमुखरअध्यक्षमा विजयी भएका छन् ।
यस्तै, संघीय समाजवादी फोरम ३ र नेपाल लोकतान्त्रिक फोरम २ स्थानीय तहमा विजयी भएका छन् ।

प्राप्त पछिल्लो परिणामअनुसार रौतहटको मौलापुर नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका रीनाकुमारी साह ३९१२ मत ल्याएर विजयी भएकी छन् भने उपप्रमुखमा सोही पार्टीका गौरीशंकर जैसवाल ३८८९ मत ल्याएर विजयी भएका छन् ।

5,418 total views, 3 views today

Comments

comments

सम्बन्धित शिर्षकहरु