जानी राखौं कम्प्युटरका सर्टकट फर्मूलाहरु

 

असोज ३, काठमाडौं । कम्प्युटर हाम्रो दैनिक जिवनको अभिन्न अंग जस्तै बनेको छ । २१ औं शताब्दीको यो समयमा यसको प्रयोग बिना हामी कुनै पनि काम सरल र सहज रुपमा गर्न सक्दैनौं । तपाई हरेकपटक कम्प्युटरमा काम गर्दा माउस चलाउँदा हैरान हुनुभएको छ रु त्यसो भए तपाईका लागि यहाँ केही सहज उपायहरु छन जसले तपाईको कम्प्युटरमा काम गराईलाई सजिलो बनाइदिने छ ।

कम्प्युटर किबोर्डमा यस्ता थुप्रै सर्टकट फर्मूलाहरु हुन्छन, जसले गर्दा तपाईले हरेकपटक माउस चलाउन पर्दैन । ती सर्टकट फर्मूलाहरु के के हुन हेरौं ।

१. ओपन र क्लोज ट्याव
तपाईं इन्टरनेट सर्फिङ गरिरहनुभएको छ । मोजिला, गुगल क्रोम लगायतमा तपाईले एउटै विन्डोभित्र धेरै ट्यावमा नयाँ नयाँ साइट खोल्न सक्नुहुन्छ । तर, तपाईंले कुनै एउटा ट्याव वा पुरै विण्डो बन्द गर्नुपर्यो भने माउस चलाइरहनुपर्दैन् । Ctrl+W  ले एउटा ट्याव बन्द हुनेछ भने Ctrl+Shift+W ले पुरै विण्डो बन्द हुने छ ।
कतिपय अबस्थामा तपाईंले नचाहँदा नचाहँदै पनि कुनै ट्याव बन्द भयो भने पनि त्यसलाई सर्टकटबाटै पुनः खोल्न सकिन्छ । यसका लागि तपाईंले Ctrl + Shift + T प्रयोग गर्नुपर्छ । यदि नयाँ ट्याव खोल्नुपर्यो भने Ctrl + T गर्दा पुग्छ ।

२. फण्ट साइज घटाउन–बढाउन
तपाईं वर्ड फाइलमा केही टाइप गरिरहनुभएको छ, र फण्ट साइज निकै धेरैपटक घटाउनु वा बढाउनुपर्ने छ भने हरेक पटक माउसको सहारा लिनु पर्दैन् । तपाईले परिवर्तन गर्न चाहेको अक्षर सेलेक्ट गर्नुहोस । साइज बढाउनका लागि  Ctrl + ] को प्रयोग गर्नुहोस्, घटाउनका लागि Ctrl + [ प्रयोग गर्नुहोस्

३. विण्डो परिवर्तन 
कम्प्युटरमा तिब्र गतिमा बिभिन्न विण्डो खोलेर काम गर्नुपर्दा दायाँ हरदम माउसमा कुदाउनु परिरहेको हुन्छ । विण्डो परिवर्तनका लागि तपाई किबोर्डबाटै काम चलाउन सक्नुहुन्छ, जुन छिटो पनि हुन्छ । यसका लागि विन्डोजका जुनसुकै भर्सनमा पनिAlt + Tab को प्रयोग गर्न सक्नुहुन्छ ।
विण्डोज ७ र ८ भर्सनमा भने तपाईले  Windows key + Tab प्रयोग गर्न सक्नुहुन्छ ।

४. एकै स्क्रिनमा दुईवटा विण्डो
तपाई केही अनुसन्धान गरिरहनुभएको छ र त्यहीबेला तपाईलाई इन्टरनेट सर्फ गर्नुपर्ने अबस्था आयो । घरि इन्टरनेट खोल्ने र घरि वर्डमा आउने गर्दा काम दिक्कलाग्दो हुन्छ । यो दिक्दारी घटाउन तपाईले एउटै स्क्रिनभित्र दुईवटा विण्डो बनाउन सक्नुहुन्छ जसले गर्दा हरेकपटक विण्डो परिवर्तन गर्नुपर्दैन् ।
यसका लागि तपाईले वर्ड फाइल खोल्नुहोस र Windows + right arrow key थिच्नुहोस् । यसले गर्दा तपाईको वर्ड फाइल दायाँ सर्छ । अब तपाईले बायाँपट्टीको अर्को विण्डोमा सजिलै सर्फ गर्न सक्नुहुन्छ ।Windows + left arrow key थिचेर तपाईले विण्डोलाई बायाँ सार्न सक्नुहुन्छ ।

५. फाइल डिलिट गर्न र स्क्रिन सट क्याप्चर गर्न
तपाईंले कुनै फाइल आइकन सेलेक्ट गर्नुभयो र डिलिट हान्नुभयो । यसले तपाईको फाइल फोल्डरबाट मात्र हट्छ तर रिसाइकल बिन फोल्डरमा भने रहिरहन्छ । यदि तपाईले त्यसको सट्टा Shift + Del गर्नुभयो भने तपाईको फाइल कम्प्युटरबाट सधैंका लागि हट्छ ।
तपाईंको स्क्रिनको तस्वीर लिन चाहनुहुन्छ भने डेस्कटप किबोर्डमा रहेको Print Screen बटन थिच्न सक्नुहुन्छ । ल्यापटपमा भने Function (Fn) key  कि सँगै Print Screen थिच्नुपर्ने हुन्छ ।

६. शब्द गन्ने र अक्षर बदल्ने
कुनै काम गर्दा जहिले पनि तपाईंलाई निश्चित वर्डभित्र सक्न भनिएको हुन्छ । यसका लागि हरेकपटक टुल मेनुमा गएर वर्ड काउन्टमा जानु पर्दैन यदि तपाईले सर्टकट प्रयोग गर्नुभयो भने । यसका लागि तपाईले  Alt + T + W थिचे पुग्छ ।
यसैगरि तपाईले अंग्रेजीमा टाइप गरिरहनुभएको छ भने निकैपटक क्यापिटल लेटर र स्मल लेटर चेन्ज गर्नुपर्ने हुन्छ । यसका लागि तपाईले हरेकपटक ती अक्षर ठूलो वा सानोमा टाइप गरिरहनु पर्दैन् । जुन अक्षर परिवर्तन गर्नुपर्ने हो, त्यसलाई सेलेक्ट गर्नुस र  Alt + F4 थिच्नुस् ।

७. डेस्कटपमा जाने र कम्प्युटर लक गर्ने
यदि तपाई कम्प्युटरमा धेरै विण्डोज खोल्नुभएको छ र यस्तो अबस्थामा सिधै डेस्कटपमा जान चाहानुहुन्छ भने सवै विण्डोजलाई बन्द गरिराख्नु पर्दैन् । किवोर्डमा रहेको विण्डो किका साथ मा D (Windows key + D) थिच्नुभयो भने सिधै डेस्कटपमा जान सकिन्छ । काम सक्नुस र फेरि त्यही प्रकृया अपनाउनुस्, तपाई पहिलेकै विण्डोजमा फर्किन सक्नुहुन्छ । यदि तपाई कम्प्युटर लक गर्न चाहानुहुन्छ भने Windows +L हान्नुहोस् ।

८ . टेक्स्ट सेलेक्ट
वर्ड फाइलमा काम गर्दा टेक्स्ट सेलेक्ट गरिरहनुपर्छ । यस्तो बेलामा तपाईले केही सर्टकट कि प्रयोग गर्नुभयो भने टेक्स्ट सेलेक्ट सजिलो बनिदिन्छ ।
जस्तो कि, तपाईले  Shift + Home गर्नुभयो भने तपाईको क्रसर जहाँ छ त्यहाँबाट सुरुसम्मको सवै अक्षर सेलेक्ट हुन्छ । यसैगरि Ctrl + Shift + Up  थिच्नुभयो भने क्रसरदेखि   प्याराग्राफ सुरुसम्म टेक्स्ट सेलेक्ट हुन्छ भने Shift + End थिच्दा क्रसरदेखि प्याराग्राफको अन्त्यसम्म सेलेक्ट गर्छ ।

373 total views, 2 views today

Comments

comments

सम्बन्धित शिर्षकहरु