१५ दिनमै मोटोपना घटाउन यसो गर्नुहोस्

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

असोज १ । अन्डा खाँदा शरीरमा जम्मा भएको बोसो चाँडै पग्लिन्छ । त्यसैले अन्डालाई सधैँ आफ्नो खानामा संलग्न गराउनुपर्छ । अन्डाले तौल नियन्त्रण गराएर फिट गराउन सक्छ तर त्यसका लागि हामीले अन्डालाई सही खानेकुरासँग सही तरिकाले खानुपर्छ । पोषण विशेषज्ञले अन्डा खाने पाँच उपयोगी तरिकाहरु बारे जानकारी दिइसकेका छन् ।

एक दिनमा कति अन्डा खानुपर्छ ?
पुरुषहरुले एक दिनमा तीनवटा अन्डा पहेँलो भागबिनाको र एउटा अन्डा पहेँलो भागसहित खाने गर्नुपर्छ । त्यस्तै महिलाहरुले एउटा अन्डा पहेँलो भाग सहितको र एउटा पहेँलो भागबिनाको खानुपर्छ । तर यो मात्रामा अन्डाको सेवन गर्दा मानिसको उमेर र तौललाई पनि हेर्नुपर्छ ।

अन्डाले कसरी कम गराउँछ तौल ?
अन्डा खानुका साथै दैनिक साइकलिङ, जगिङ र योगा पनि गरेमा यसको परिणाम चाँडै पाउन सकिन्छ । त्यसका साथै स्वस्थ र सीमित मात्रामा खाना खानु पनि तौल कम गर्न सकिने सामान्य तरिका हो ।

अन्डामा प्रोटिनको मात्रा अधिक हुन्छ त्यसैले यो खाएपछि हामीलाई धेरैबेर सम्म भोक लाग्दैन । जसले तौल कम गर्नमा ठूलो भूमिका खेल्न सक्छ । तर, शरीरमा प्रोटिनलाई पचाउनका लागि कार्बोहाइड्रेट पनि उत्तिकै जरुरी छ । यदि तपाईले धेरै अन्डा खादैहुदैछ भने साथमा कार्बोहाइड्रेटयुक्त खाना पनि खाने गर्नुपर्छ जस्तै दुध,ब्राउन ब्रेड, घिउ, रोटी आदि । यी खानेकुराहरुले अन्डाको प्रोटिनलाई सजिलै सोस्न सक्छ ।

तौल नियन्त्रणका लागि अन्डा खाने तरिकाहरु यस प्रकार छन्

१. अन्डालाई उसिनेर खाने
फ्राइ गरेको अन्डा भन्दा थोरै मात्र क्यालोरी हुने भएकाले यसमा मरिच हालेर खाँदा तौल चाँडै नियन्त्रण हुन्छ ।

२. हाफ फ्राई गरेर खाने
हाफ फ्राई अन्डामा बिरेनुन हालेर खाँदा धेरै फाइदाजनक हुन्छ ।

३. सेतो भागको अमलेट
अन्डाको सेतो भागको अमलेट बनाएर खाने गरेमा पनि राम्रो हुन्छ । त्यसमा बेसार पनि मिसाएर खाने हो भने तिव्ररुपमा तौल कम गर्न सकिन्छ ।

४. अमलेटमा सागसब्जी मिसाएर खाने
अमलेटमा सागसब्जी र जीरा मिसाएर खाँदा पनि धेरै प्रभावकारी सावित हुन्छ ।

५. उसिनेको अन्डा
उसिनेको अन्डालाई सलादमा मिसाएर खाने गर्नुपर्छ । यसमा दालचिनीको धुलो पनि मिसाएर खाने हो भने शरीरको बोसो चाँडै कम गराउँछ ।

तौल कम गर्नका लागि अन्डासँग खान नहुने खानेकुरा
हाइ फ्याट दुग्ध परिकार नखाने ।
अन्डाका साथ दहि र हाइ फ्याट भएको दुध खाँदा त्यसले तौल बढाउँछ ।
मासु नखाने ।
मासुजस्तो हाई क्यालोरी भएको खानेकुराले पनि तौल बढाउँछ ।
चीज नखाने ।
अन्डासँग चिज कहिल्यै खानु हुँदैन । यसमा अधिक मात्रामा फ्याट हुने भएकाले पनि तौल नियन्त्रण गर्न सकिँदैन । एजेन्सी

186 total views, 2 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु