सास गन्हाउने समस्या छ ? यसो गर्नुहोस्

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

असोज १ । हिजोअाज प्राय मानिसको मुख गन्हाउने समस्या देखा पर्न थालेको छ । भिटामीन सीको कमी, अपाच्य, पीरो, तारेको मसलेदार खानेकुरा खानाले र मुख सुख्खा हुनाले मुखमा दुर्गन्द पैदा हुन्छ । यस समस्याबाछ छुटकारा पाउन यसो गर्न सकिन्छ :

१) शुद्ध हलुका र सुपाच्य भोजन गर्ने ।

२) जिव्रो माथिल्लो भागमा लागेको लेउजस्तो फोहर सफा गर्ने र रातो टमाटरमा नून हालेर खाने ।

३) सफासग धोएको काचो पालुङ्गो र बन्दा चपाएर विहान बेलुका खाने गर्नाले पनि राहत मिल्ने चिकित्सकहरु बताउछन ।

४) आधा चम्चा सुठोको धुलो विहान बेलुका खाना पछि खाने गरेमा पनि त्यसले दुर्गन्ध घटाउछ ।

५) खाना पछि तुलसी पत्ता, पुदिन र काँचो सलगम चवाएर खाने गर्नाले पनि समस्या समाधान हुन्छ ।

६) कागती र अमलाको प्रयोग बढाएमा पनि दुर्गन्ध कम हुन्छ ।

७) प्रसस्त पानी पिउनी पीउने, थोरै थोरै भएपनि पानी पिइ राख्नु राम्रो हुन्छ ।

 ८)  ‘टङ क्लिनर’ले विहान जिव्रो सफा गर्ने र विहान खाना खाएपछि र सुत्नु अघि ब्रस र मन्जनले दाँत सफा गर्ने ।

९) कागती र पुदिनाको रस एक गिलास मनतातो पानीमा मिलाएर विहान बेलुका मुख कुल्ला गर्ने गरेमा पनि समस्या समाधान हुनसक्छ ।

१०) त्यसबाहेक सुगन्धीत फलहरु जस्तौ ल्वाङ, सुकमेल, अलैची मुखमा राख्नाले पनि दुर्गन्ध कम हुन्छ ।

११)  भिटामिन सि र क्याल्सियम बढाउने खाद्य पदार्थको सेवन गर्ने ।

१२) बढी अपाच्य खानेकुरा नखाने, तारेको पिरो मसलादार र चटपटे बस्तु नखाने ।

१३) धेरै गुलियो, खाद्य पदार्थबाट टाढै रहने, चिया, कफि, रक्सी, माछा, मासु कम खाने र खाईसकेपछि राम्ररी दाँत जिव्रो सफा गर्ने र पानी पीउने ।

238 total views, 2 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु