अष्ट्रेलिया आउने विद्यार्थीमा यी स्वास्थ्य समस्या देखिन्छन !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

भदौं ३०,काठमाडौं । नेपालबाट अष्ट्रेलियामा पढ्न आउने विद्यार्थीहरु एक्लै बस्ने र यहाँको भिन्दै वातावरणमा आफुलाई समायोजन गर्न नसक्दा बिभिन्न स्वास्थ्य समस्या भोग्नु गरेको छ । यसको अर्को मूख्य कारण पढाइ र कामको बीचमा च्यापिएको व्यस्त जीवनशैली र आफ्नो स्वास्थ्यमा विशेष ध्यान नपुर्याउनु पनि हो ।

अष्ट्रेलिया आउने विद्यार्थीहरुमा देखिने स्वास्थ्य समस्या यी हुन

१) डिप्रेसन : एक्लै बस्नुपर्ने र काम तथा पढाइको प्रेसरले गर्दा विद्यार्थीमा डिप्रेसन हुने गर्छ ।

२) छालाको रोग : नेपालको र अष्ट्रेलियाको मौसम तथा हावापानीमा हुने फरकपनले गर्दा छालामा विभिन्न रोग देखापर्न सक्छन् । कपाल झर्ने, छाला सुख्खा हुने सबैजसोमा देखिने समस्या हो ।

३) यौनरोग : लिभिङ्ग टुगेदरमा बस्ने तथा नेपालभन्दा यहाँ यौनको लागि उदारता हुने भएकोले आफूलाई स्वतन्त्र ठानेर असुरक्षित यौनक्रियाकलापमा संलग्न हुँदा विभिन्न यौनरोग लाग्न सक्छन् । यसको साथै व्यस्त जीवनशैलीले गर्दा खानपान र आफ्नो हेरचाहको लागि समय नछुट्टाउदा यौन रोग लाग्न सक्छ ।

४) फ्लुको संक्रमण, चिसो लाग्ने : नेपालको र अष्ट्रेलियाको मौसममा भिन्नता हुन्छ । त्यसैले नेपालको मौसमबाट यहाँ आउँदा फ्लुको संक्रमण छिटो हुने, छिटो चिसो लाग्ने गर्छ ।

५) डाइबेटिज : अष्ट्रेलियाको व्यस्त जिवनशैलिको कारण उचित समयमा र पोषणयुक्त खाना नखाने हुँदा डाइबेटिज हुन सक्छ ।

करियरलाई प्राथमिकता दिनुपर्छ तर शरीरको वास्ता नगरी एकोहोरो रुपमा हिंडीरहनु हुँदैन । आफ्नो परिवार तथा आफैको सपना जीवित राख्नको लागि आफू स्वस्थ भइ जीवित रहनु जरुरि छ । त्यसैले यहाँको जीवनशैली र मौसमलाई ध्यानमा राखी आफ्नो व्यक्तिगत हेरचाह गर्नुपर्छ ।

261 total views, 2 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु