आफ्नैआमाले बेचेकी छोरी १२ वर्ष पछि घर फर्किदा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

भदौं ३०,एजेन्सी।आफ्नै आमाले १२ वर्षको उमेरमा बेचेकी छोरी १२ बर्ष पछि घर फर्किएकी छिन । उनी २४ वर्षको उमेरमा घर फर्किएर आएकी हुन। एक युवकको सहयोगमा प्रहरीद्वारा उद्धार भएपछि उनी १२ वर्षपछि घर फर्किन सफल भएकी हुन्।

यो घटना भारतस्थित जबलपुर भन्ने ठाँउमा घटेकोको हो। १२ वर्षको उमेरमा उनलाई आमाले गाडीमा बसाएर शहर लगेकी थिइन्। उनले छोरीसँग ती मान्छेहरुले पढाइदिने समेत बताएकी थिइन्। त्यही बस्न आग्रह गर्दै एक छिन्मा आउँछु भनेकी आमा फर्किइनन्। त्यसपछि उनी त्यही बस्न थालिन। उनीहरुले ती युवतीमाथि यौन शोषणदेखि मानशिक यातना दिदै आएका थिए। एक दिन उनको एक युवकसँग भेट भयो। उनले ती युवकलाई सबै पीडा सुनाइन्। उनको पीडा सुनेपछि ती युवकले त्यहाँबाट निकाल्न युवतीलाई सहयोग गरेका थिए।

युवती घरमा फर्किदा पिताको मानसिक अवस्था विग्रिएको थियो। उनकी आमाको पनि मृत्यु भइसकेको थियो। उनका एक भाइ थिए जसले मजदुरी गरेर आफ्नो पेट पालिरहेका थिए।

151 total views, 2 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु