आफ्नै दमले बलिउडमा कब्जा जमाउन सफल सेलिब्रेटीहरु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

भदाै २९ । बलिउडमा अहिले आफ्नै आफ्नाको मात्र भिड देखिने गरिएको छ । कसैको छोराछोरी त कसैको भाइबहिनी , भतिज जस्ता आफ्नै नातेदारलाई बलिउडमा प्रवेश गराएर स्थापित गराउने चलन अहिले फस्टाइरहेको छ । तर, कतिपय कलाकार यस्ता पनि छन् जसले कसैको साथ र सहयोग बिनै आफ्नै भोगाईबाट बलिउडमा सफलता हासिल गरेका छन् ।

१. कंगना रनावत
सन् २००६ को फिल्म ‘ग्याङस्टर’बाट बलिउडमा प्रवेश गरेकी कंगना अहिले सफलता र चर्चाको शिखरमा पुगिसकेकी छन् । नेशनल अवार्ड समेत जितिसकेकी यी अभिनेत्रीले आफ्नै मिहिनेत र अनेक कठिनाईहरु सहेर बलिउडमा स्थान जमाएकी हुन् । उनले कसैबाट पनि सिफारिस र सहयोग पाएकी थिइनन् ।

२. अक्षय कुमार
अभिनेता अक्षय कुमारको पनि कुनै फिल्मी पृष्ठभूमी छैन । अभिनेताका रुपमा उनले धेरैपटक अस्वीकार भएर अपमानित हुनु परेको थियो तर लगातारको कोशिस र कडा मिहिनेतपछि मात्रै उनले आज सफलता चुम्न पाएका हुन् ।

३. शाहरुख खान
बलिउडका बादशाहका नामले चिनिने अभिनेता शाहरुख खानले पनि बलिउडमा प्रवेश गर्नु अघि धेरै धक्का खानुपरेको थियो । फिल्मी पृष्ठभूमी नभएकाले आफ्नो पहिचान बनाउनका लागि धेरै कठिन परिस्थितिहरुको सामना गरेका हुन् । कसैको सिफरिस नपाइकनै बलिउडमा सफलतापूर्वक स्थापित हुन सकेको अभिनेतामा उनी पनि पर्दछन् ।

४. ऐश्वर्या राय
ऐश्वर्या रायले सन् १९९४ मा मिस वर्ल्डको ताज पहिरेपछि फिल्म लाइनमा आउने निर्णय लिएकी थिइन् । उनी प्रवेश गर्नुअघि उनको पनि बलिउडसँग कुनै सम्बन्ध थिएन । उनी आफ्नै मिहिनेत र चमकले फिल्मी क्षेत्रमा छाउन सकेकी हुन् ।

५. दीपिका पादुकोण
दीपिका पादुकोणका पिता टेनिस खेलाडी हुन् र उनी खेलकुदको पृष्ठभूमीबाट आएकी हुन् । उनी आफैँले पनि राष्ट्रका लागि खेलिसकेकी छन् । यस्तोमा उनले कसैको सहयोग बिनानै बलिउडमा प्रवेश गरी आफ्नो पहिचान बनाउन सक्षम भएकी हुन् । उनको पहिलो फिल्म नै अभिनेता शाहरुख खानसँग भएर पनि उनी भाग्यमानी सावित भएको बताइन्छ ।

६. अनुष्का शर्मा
अभिनेत्री बन्ने लक्ष्य लिएकी अनुष्का शर्माले पनि धेरै प्रतिस्पर्धा र कठिनाइपछि मात्र आफूलाई स्थापित गर्न सकेकी हुन् । उनको सफलताको श्रेय उनी आफैँले पाउँछिन् ।

७. रणवीर सिंह
रणवीर सिंहले पनि बलिउडमा कोही आफ्ना नहुँदा नहुँदै आफ्नै संघर्षले सफलता हासिल गरेका हुन् ।

८. प्रियंका चोपडा
सन् २००० मा मिस वर्ल्ड जितेपछि बलिउडमा प्रवेश गरेकी प्रियंकाले पनि आफ्नै बलमा आजको स्थानमा पुगेकी हुन् । उनले आफ्नो कालाकारिता र अभिनयले धेरै दर्शकहरुको मन जित्न सफल भएकी हुन् । अहिले उनी हलिउडमा समेत चर्चित छिन् ।

९. नवाजुद्दिन सिद्दिकी
नवाजुद्दिन सिद्दिकीले पनि फिल्मी पृष्ठभूमी नहुँदा पनि संघर्ष गरेरै बलिउडमा आफ्नो पहिचान बनाएका हुन् । उनको अभिनयलाई दर्शक लगायत थुप्रै ठूला कलाकारहरुले समेत मन पराउने गर्छन् ।

एजेन्सी

183 total views, 2 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु