सेक्स डल परिवारकाे सदस्य बनेपछि…

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

न्यु साउथ वेल्स । सेक्स डललाई धेरै मानिसहरु असामान्य र असम्भव मान्ने गर्छन् । कृतिम र अप्राकृतिक हुने कारणल पनि यसलाई मानिसहरु खुलेर उपयोग गर्न चाहँदैनन् । विशेषगरी एकल पुरुषहरुले लुकीलुकी यसको प्रयोग गर्ने गरेको पाइन्छ । तर, यदि कसैले आफ्नै छोराछोरी र पत्नीको अगाडी सेक्स डलको प्रयोग गर्छ भने त्यो सबैका लागि आश्चर्यको विषय बन्नेछ । यस्तै घटना अष्ट्रेलियाको न्यू साउथ वेल्समा पाइएको छ जसले धेरैलाई चकित पारिसकेको छ ।

नर्थ वेल्सका ३६ वर्षीय एरान स्क्वाइर सेक्स रोबोटलाई परिवारकै साथ राख्ने गर्छन् । उनले आफ्ना छोराछोरी र पत्नीलाई समेत उक्त सेक्स रोबोटको बारेमा बताएका छन् । अहिले त्यो रोबोट उनको परिवारको सदस्य भएको उनले बताए ।

त्यो सेक्स रोबोटमा एउटा फ्यामिली मोड भन्ने सफ्टवेयर राखिएको उनले बताए । उनका अनुसार सो मोड अन गरेपछि रोबोटले बच्चाहरु र आफ्नी पत्नीको अगाडी केही नराम्रो र खराब प्रदर्शन गर्दैन । सेक्स रोबोटको वास्तविक काम बाहेक त्यसले बच्चाहरुलाई जनावर, मनोविज्ञान र विज्ञानका सम्बन्धमा समेत जानकारी दिन सक्ने हुनाले पनि उनीहरुलाई त्यो रोबोटसँग कुनै आपत्ति नरहेको बताएका हुन् ।

त्यस्ता सेक्स डल महिलालाई प्रतिस्थापन गर्न नभई मद्दत गर्नका उद्देश्यले बनाइने एरानले बताए । ३८ वर्षीय एरानकी पत्नी ह्याना पनि उक्त सेक्स डलसँग धेरै खुसी भएको बताउँछिन् । उनीहरु तीनजना सँगै सुत्ने गरेको समेत उनले खुलासा गरेकी हुन् । सो रोबोटलाई उनीहरुले परिवारकै सदस्य जसरी माया दिने गरेको उनीहरु बताउँछन् । सेक्स रोबोटको प्रयोगले रोगबाट पनि बचाउने र परिवारजस्तै भएर बस्न सक्ने हुनाले पनि धेरै उपयोगी भएको एरानले बताए । आफ्नी पत्नी र बच्चाहरुले पनि त्यसप्रति राम्रो प्रतिक्रिया दिएकोमा उनले निकै खुसी व्यक्त गरेका छन् । एजेन्सी

155 total views, 2 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु