यी हुन् सँगै काम गरेपनि एकअर्कालाई डाहा गर्ने बलिउड सेलिब्रेटी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

भदाै २८ । बलिउडमा कतिपय यस्ता अभिनेत्री र अभिनेताहरु छन् जसले एक अर्कालाई पटक्कै मन पराउँदैनन् । देख्न समेत नपरे हुन्थ्यो भन्ने लागेपनि उनीहरु सँगै काम गर्न बाध्य छन् । तिनै सेलिब्रेटीहरुका बारेमा हामी बताउन जाँदैछौँ ।

दीपिका पादुकोण र अनुष्का शर्मा
एकतर्फ दिपिकाले अनुष्कालाई आफ्नो साथी बताउने गरेकी छन् तर अर्कोतर्फ अनुष्का भने दीपिकाबाट टाढै रहन खोज्छिन् । यिनीहरु दुईबीच सँधैं प्रतिस्पर्धा भइरहेको मात्र देखिन्छ । उनीहरुबीचको यस्तो सम्बन्धको मुख्य कारण रणवीर सिंह हुन सक्ने धेरैले अनुमान गरेका छन् ।

दीपिका सिंह र अनस राशिद
भारतीय टेलिभिजनको चर्चित शो ‘दिया और बाती हम’का मुख्य कलाकार दिपिका सिंह र अनस पनि एकअर्कालाई मन पराउँदैनन् । उनीहरुको जोडीलाई दर्शकले अत्याधिक मन पराएका थिए तर वास्तविक जीवनमा भने उनीहरु एकअर्कासँग त्यति नजिक नभएको बताइएको छ ।

कपिल शर्मा र सुनिल ग्रोवर
कपिल शर्मा र सुनिल ग्रोभरबीचको लडाइले धेरै चर्चा बटुलिसकेको छ । यसैबाट उनीहरुबीच पहिलेदेखि खराब सम्बन्ध रहेको पनि थाहा हुन्छ । सुनिलले कपिलको शो छाडेपछि अन्त्यमा उनको कार्यक्रम नचलेर बन्द समेत गर्नुपर्यो । उनीहरुबीचको दुश्मनी बिस्तारै कम हुँदै गइरहेको खबर आएपनि साथमा काम गर्नेबारे भने दुवैले केही बोलेका छैनन् ।

प्रियंका चोपडा र विपाशा बासु
प्रियंका र विपाशामा पहिले निकै घनिष्ट मित्रता थियो । तर प्रियंकाले आफ्नो प्रडक्सनमा विपाशालाई नलिएपछि भने उनीहरुको सम्बन्ध बिग्रिएको थियो ।

सोनाक्षी सिन्हा र सोनम कपूर
अभिनेत्री सोनम कपूरले एकपटक सोनाक्षी सिन्हाको पहिरनलाई लिएर टिप्पणी गरेकी थिइन् । त्यसै समयदेखि उनीहरुबीच राम्रो सम्बन्ध छैन । सोनाक्षीलाई परम्परागत पहिरन मात्र सुहाउने र आधुनिक कपडा नलगाउन सुझाव दिएकै कारण उनीहरुबीच बोलचाल बन्द भएको बताइन्छ । अहिले उनीहरु एकअर्कालाई अवार्ड शो मा समेत देख्न मन पराउँदैनन् ।

दीपिका पादुकोण र कट्रिना कैफ
यी दुईका बीचको नराम्रो सम्बन्धको मुख्य कारण रणवीर कपूर भएको बताइन्छ । रणवीर र कट्रिना प्रेम सम्बन्धमा रहेका बेला रणवीर र दीपिकाको मित्रताले कट्रिना धेरै निराश भएको खबर आएको थियो । त्यसपछि देखि नै कट्रिना र दिपिका एकअर्काका बारेमा बोल्न र भेट्नबाट बच्ने गरेका छन् ।

एजेन्सी

153 total views, 2 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु