चुनावमा मासु, पैसा र रक्सीको प्रयोग बढ्दै गएको प्रचण्डको अारोप

भदौ २६, सिन्धुली । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई नम्बर प्रदेशमा हुन गइरहेको तेस्रो चरणको स्थानीय निर्वाचनमा पुराना पार्टीहरुले पैसा बाँडेको आरोप लगाएका छन् ।

अाज सिन्धुलीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले भने, ‘पुराना पार्टीहरुले प्रत्येक महिलालाई एउटा साडी र त्यस भित्र हजारको नोट बाँडेको भेटियो ।’ चुनावमा मासु, पैसा र रक्सीको प्रयोग बढ्दै गएकोप्रति पनि उनले चिन्ता व्यक्त गरेका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु