७ सय पुजारीद्धारा १ करोड शिवलिङ्गको पूजा गरिने

भदौ २६,काठमाडौं । यही कात्तिक २२ गते एक करोड शिवलिङ्गको पूजा गरीने भएको छ । श्री मानस तथा बोलबम परिवारले जनकपुरमा पुजाको आयोजना गर्न लागेको हो । आइतबार आयोजित पत्रकार सम्मेलनमा सो संस्थाका अध्यक्ष ललन ठाकुरले त्यस पूजामा नेपाल र भारतका भक्तजन आउने जानकारी दिए।

जनकपुरमा आयोजना हुने उक्त कार्यक्रममा ११ दिनको कठोर यात्रा गरी नेपालका १० हजार तथा भारतका आठ हजार भक्तजनको उपस्थिति रहने तथा पूजाका लागि ७०० पुजारीको व्यवस्था गरिएको उनले बताए ।

भारतबाट नेपाल आएका पुरोहित अभयकान्त मिश्रले विश्वमा शान्ति खलबलिएको र हिंसाका घटना बढ्दै गएका बेला नेपालमा आयोजना हुने एक करोड शिवलिङ्ग पूजा महत्वपूर्ण रहेको बताए ।
सो संस्थाका अनुसार पूजामा भाग लिन आउने भारतका अतिथिलाई खाने, सुत्ने व्यवस्था मिलाइएको र सुरक्षाको व्यवस्था सरकारले गर्ने जनाइएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु