यो मेरो भारत होइन : ए.आर.रहमान

भदाै २५ । भारतिय संगीतकार ए.आर.रहमानले भारत आफ्नो नभएको बताएका छन्। उनले पत्रकार गौरी लंकेशको हत्या हुनुलाई आफूले कहिले नदेखेको भारतको रुपमा वर्णन गर्दै उक्त कुरा बताएका हुन्।

५० वर्षिय यी रहमानले ‘वन हार्ट : द ए.आर रहमान कन्सर्ट’ को प्रिमियरमा बोल्दै उक्त घटना प्रति आफू दु:खी भएको बताए। उनले भने, ‘म यो घटनाले निकै दु:खी छु। यस्ता घटनाहरु भारतमा हुँदैनन। यो मेरो भारत हुँदै होइन। म भारतलाई प्रगतिशिल र दयालु देख्न चाहन्छु।’

गौरी लंकेश भारतको खोखन्दामा बसोबास गर्दै आएकी पत्रकार थिइन्। मंगलबार केही अज्ञात समुहले उनलाई घर नजिकै गोली हानेर हत्या गरेका हुन्। एजेन्सी

Comments

comments

सम्बन्धित शिर्षकहरु