चितुवाको छाला किनबेच गरिरहेका दुई जना पक्राउ

भदौ २५, बर्दिया । प्रहरीले दुई जनालाई बर्दियाको सदरमुकाम गुलरियाको एक होटलबाट चितुवाको छाला किनबेच गरीरहेको अवस्थामा पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो नेपालगञ्जको टोलीले विशेष सुराकीको आधारमा बर्दियाको गुलरियामा रहेको विजया गेष्ठ हाउसबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बारबर्दिया नगरपालिका ९ निवासी ६३ वर्षका नरबहादुर शाही र बाँसगढी नगरपालिका(१ निवासी ५२ वर्षका जीतबहादुर देवकोटा रहेका छन् ।

उनिहरुलाई १ थान चितुवाको छाला बेचविखन गर्न राखिएको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक जनक भट्टराईले जानकारी दिनुभयो ।
१ फिट १० इन्च चौडा र ९ फिट लम्बाई भएको छाला बैतडीबाट चिसापानी, भोडीगाउँ हुँदै बर्दियाको गुलरिया ल्याईएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बर्दियाको हिरासतमा राखिएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु