अनेसासको ५ औं ‘अन्तराष्ट्रिय सम्मेलन’ अष्ट्रेलियास्थित पर्थमा अारम्भ

असनेपाल न्युज । दुई दिन सम्म चल्ने अन्तराष्ट्रिय साहित्य समाजको ५ औं अन्तराष्ट्रिय सम्मेलन संस्कृतिविध तुलसी दिवसको प्रमुख आतिथ्यतामा अष्ट्रेलियास्थित पर्थमा सुरु भएको छ । सम्मेलनको उद्घाटन साहित्यकारहरु राधेश्याम लेकाली, डा. लक्ष्मण गौतम र एल बि क्षेत्रीले पानसमा दिप प्रज्ज्वलन गरेर गरेका हुन् । नयाँ तथा पुराना साहित्यकार तथा साहित्य अनुरागीको बाक्लो उपस्थिती रहेको यस कार्यक्रमलार्इ दुर्इ चरणमा सञ्चालन गरीएको थियो । पहिलो चरणको कार्यक्रम कमल पाण्डे र वासु कठायले सञ्चालन गरेका थिए भने दोस्रो चरणको कार्यक्रम एल बि क्षेत्रीको अध्यक्षतामा तयार पारिएको कार्यपत्र गणेश घिमिरेले प्रस्तुत गरेका थिए ।

कार्यक्रमका अतिथी राम लामा अविनाशी, गणेश घिमिरे, शान्ति राम ढकाल, सन्ध्या पहाडी, राधेश्याम लेकाली, समल कुमार गुरुङ, भिमसेन सापकोटा, एलवि क्षेत्री, डा.लक्ष्मण गौतम, मनि पनेरु, फ्रि ब्राउन र युवाराज घिमिरेलाई प्रमुख अतिथिमाका रूपमा रहेका एनआरएन उपाध्यक्ष भवन भट्ट र मोहन सीटौलाले खाता ओडाएर फुलमाला सहित अतिथीका रुपमा आसन ग्रहण गराएका थिए ।

गणेश घिमिरेले स्वागत मन्तब्य, रञ्जना सापकोटाले स्वागत नृत्य, एनआरएन उपाध्यक्ष भवन भट्टले आफ्नो मन्तव्य प्रस्तुत गरेका थिए । कार्यक्रम मार्फत एनआरएन उपाध्यक्ष भवन भट्टले आगामी बर्षबाट साहित्यिक बिकासका लागि आफुले पुरस्कारको स्थापना गर्ने घोषणा गरेका छन् । यस्तै गणेश घिमिरे, निरज क्षेत्री, राजेश पराजुली , भिमसेन सापकोटा,मणि पनेरु, मोहन सिटौला दिपेन्द्र शर्मा, समल कुमार गुरुङ, भवन भट्ट तुलसी दिवस लगायतले अनेसासको सफतलाको लागि शुभकामना ब्यक्त पनि गरेका थिए ।

कार्यक्रमा अनेसास हिरोको रुपमा बिमल नेपाली सम्मानीत भएका छन् भने ‘राम लामा अविनाशी’ पुरस्कारबाट होमनाथ सुवेदी  सम्मानीत भएका छन् ।

कार्यक्रममा अन्तराष्ट्रिय नेपाली साहित्य समाजको स्मारिका ‘अन्तरदृष्टी’ सहित थुप्रै साहित्यिक कृति र गिती एल्वमहरुको एकसाथ बिमोचन गरियो । जसमा भिमसेन सापकोटाको ५ सय मेरिटेसनल स्टोरी संग्रहित ‘सफल जीवनका अमुल्य शुत्र’, गणेश घिमिरेको गजल संग्रह ‘यादहरुको पहाड’, राजेन्द्र बुढाथोकीको कविता संग्रह ‘जलिरहेको एउटा देश’, राधेश्याम लेकालीको ‘नाथे भाव’, लकाश पौडेलको ‘विनियोग’, ‘फुलेन गोदावरी’ लगायत बाबा बस्नेतको आधुनिक गिती संग्रह ‘बिहानी’ र चिन्तामणी योगीको शब्द र भिमसेन सापकोटाको स्वरमा रहेको एल्वम ‘बिचार बिम्बको’ पनि बिमोचन गरिएको थियो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु