काँग्रेस पछि पर्नुको कारण लाेभ र लालच : डा. महत

भदौ २४, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतले पैसा, पद, प्रतिष्ठा र सत्ताका सबैकाे लाेभलालचमा बढी ध्यान दिँदा नेपाली कांग्रेस पछाडि परेको बताएका छन् ।

नेपाली काँग्रेस मध्यपुर थिमिनगर कार्यसमितिले बिपी कोइरालाको १०४ औं जन्मजयन्तीका अवसरमा अाज अयोजना गरेको कार्यक्रममा नेता महतले सत्तामा बढी ध्यान दिँदा पार्टी पछि परेको बताएका हुन् ।

उनले बिपी र गणेशमानले सत्ता र पदलाई त्यागेर पार्टीलाई शिरोपर गरेजस्तै काँग्रेसको मूल्य र मान्यतालाई स्मरण गर्दै नेता, कार्यकर्ता अगाडि बढ्नुपर्ने पनि बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य विनोद कायस्थले पार्टीभित्रको अन्तर कलहलाई अन्त्य गरेर स्थानीय तहको समीक्षा गर्दै चुनावमा गए फेरि पनि काँग्रेस आगामी निर्वाचनमा पहिलो पार्टी हुने दावी गरे ।

Comments

comments

सम्बन्धित शिर्षकहरु