अजंगको अजिङ्गर घरभित्र पसेपछि

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

भदौं २४,काठमाडौँ । मोरङको सलकपुरस्थित सशस्त्र प्रहरी राजस्व तथा औद्योगिक सुरक्षागणको व्यारेकमा दुर्लभ वन्यजन्तुको सुचीमा सुचिकृत अजिङ्गर आहारा खोज्दै पसेको छ । व्यारेक स्थित एउटा कोठामा अजंगको अजिङ्गर पसेपछि देख्नेहरु सुरुमा अक्क न बक्क भए ।

करिब ३ किलोको यो अजिङ्गर आहाराको खोजीमा भौतारिँदै सशस्त्र प्रहरी क्याम्पको घरसम्म पुगेको त्यहाँ कार्यरत सशस्त्र प्रहरी जवान मनोज कार्कीले जानकारी दिए । शुक्रबार दिउँसो व्यारेकको एउटा घरको झ्यालमा थुप्रिरहेको देखेपछि अजिङ्गर समात्न वन कार्यालयको टोली बोलाइएको थियो ।

यो अजिङ्गरलाई सशस्त्रको टोलीले नियन्त्रणमा लिएर सलकपुरस्थित इलाका वन सेक्टरका कर्मचारीलाई बुझाएका छन् । वनका कर्मचारीले यो अजिङ्गरलाई उसलाई बस्न उपयुक्त जंगल खोजेर छाड्ने बताएका छन् ।

104 total views, 2 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु