नेपाल आइडलवाट बाहिरिए सागर आले, कस्ले कति भोट पाए ?

भदौं २३,काठमाडौं । नेपाली टेलिभिजन एपी वानबाट प्रसारण भइरहेको नेपाल आइडल ‘गाला राउन्ड’ को ‘टप फोरवाट शुक्रबार सागर आले बाहिरिएका छन् । दर्शकको कम भोट पाएर नारायणगढ चितवन २० वर्षीय आलेलाई आउट घोषणा गरिएको हो। सागर आलेले खुसी खुसी नेपाल आइडलबाट बिदा भए ।

उनले आफनो बुवाआमाले धेरै दुःख गरेको बताए । अरु बाहिरिँदा रुने सागर आफै बाहिरिँदा भने रोएनन । अतिथि निर्णायक बसन्त चौधरी भने सागर बाहिरिँदा भावुक भएका थिए । उनले सागरलाई कुनै दिन आफनो गीत रेकर्ड गराउने कुरा पनि बताए । साथै सागरले नेपाल आइडल फेयर भएको भन्दै गाली नगर्न सबैलाई आग्रह गरे ।

नेपाल आइडल फाइनलको लागि अब बुद्ध लामा, प्रताप दास र निशान भट्टराईबीच प्रतिस्पर्धा हुनेछ । सबै प्रकारका गीत सुन्न र गाउन रुचाउने सागर आलेमगरलाई नारायण गोपाल, ज्ञानु राणा, तारा थापा, भक्तराज आचार्य एवं एड्रियन प्रधानको स्वर मन पर्छ ।परिवारमा सांगीतिक वातावरण भएकाले यस क्षेत्रमा आफूलाई सजिलो भएको उनको भनाइ छ ।

नेपाल आइडलको विजेताले २० लाख रुपैयाँ नगद, महिन्द्राको कार, १५ लाख बराबरको एल्बम, फस्र्ट रनर अपले १५ लाख र सेकेन्ड रनर अपले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

शुक्रबार आयोजकले अदालतमा बुझाएको बिबरणअनुसार पछिल्लोपटकको भोटिङमा बुद्ध लामाले सर्वाधिक मत पाएका छन् । भदौ १६ गते रातीदेखि १७ गते अपरान्ह १२ बजेसम्म एसएमएस र अनलाइनबाट प्राप्त भोटमध्ये लामाले सार्वाधिक अर्थात् ११ लाख ४५ हजार ५३८ मत पाएका छन् । यो मत दोस्रो नम्बरमा रहेका प्रताप दासको भन्दा झण्डै साढे दुई लाख बढि हो ।

कसले पाए कति भोट पाए

बुद्धले एसएमएसबाट ६ लाख ९१ हजार ५७ मत पाएका छन् भने अनलाइन भोटिङबाट ४ लाख ५४ हजार ४ सय ८१ मत पाएका छन् । दोस्रो नम्बरमा रहेका प्रताप दासले ८ लाख ९३ हजार ३ सय ४७ मत पाएका छन् । उनले ७ लाख १४ हजार ९ सय ९९ मत एसएमएसबाट र १ लाख ७८ हजार ३ सय ४८ मत अनलाइनबाट पाएका छन् ।

तेस्रो नम्बरमा रहेका निशान भटराईले ८ लाख ७१ हजार ४ सय ८० मत पाएका छन् । उनले अनलाइनबाट ३ लाख ७१ हजार १४९ मत पाएका छन् भने एसएमएसबाट ५ लाख ३ सय ३१ मत पाएका छन् ।
चौथो नम्बरमा रहेका सागर आलेले ८ लाख ९ हजार ९ सय १५ भोट पाएका छन् । उनले एसएमएसबाट ४ लाख १९ हजार ८ सय ७५ मत पाएका छन भने अनलाइनबाट ३ लाख ९० हजार ४० मत पाएका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु