उत्तर कोरियाली राजदूतलाई मेक्सिकोले देश निकाला गर्‍यो

भदाै २३ । मेक्सिकोले उत्तर कोरियाली राजदूतलाई देश निकाला गरेको छ। उनलाई देश छोड्नका लागि ७२ घण्टाको समय दिएको छ। उत्तर कोरियाले गरेको छैठौँ आणविक परीक्षणपछि मेक्सिकोले यस्तो कदम चालेको हो।

‘यो कूटनीतिक कदमसँगै उत्तर कोरियाको हालैको आणविक असन्तुष्टिप्रति मेक्सिको असहमति जाहेर गर्छ, जुन अन्तर्राष्ट्रिय कानुनको उल्लंघन पनि हो,’ मेक्सिकोको विदेश मन्त्रालयले बिहीबार भनेको छ।

यसअघि अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले उत्तर कोरियासँगको सम्बन्ध विच्छेद गर्न वा कम गर्न आग्रह गरेका थिए।

अब मेक्सिकोका लागि उत्तर कोरियाली राजदूत किम ह्योङ गिलले सो देश छोड्नुपर्नेछ। तर यसले कूटनीतिक सम्बन्ध भने विच्छेद गर्ने छैन।

यसै वर्ष किम जोङ उनको सौतेनी दाजुको हत्यालाई लिएर मलेसियाले उत्तर कोरियासँग कूटनीतिक सम्बन्ध विच्छेद गरेको थियो। दुवै देशले पछि सम्झौता गरे पनि राजदूत भने पठाइएको छैन।

मेक्सिकोको कदमबारे उत्तर कोरियाले कुनै प्रतिक्रिया दिएको छैन । दक्षिण कोरियासँग मेक्सिकोको व्यापारिक सम्बन्ध बढ्दै जाँदा मेक्सिकोले यो कदम चालेको हुनसक्ने विश्लेषण गरिएको छ। एजेन्सी

Comments

comments

सम्बन्धित शिर्षकहरु