कसरी बित्दैछ त बलात्कारी बाबा राम रहीमको जेल जीवन ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

भदौं २२,एजेन्सी। कैदी नं ८६४७ अर्थात भारतका डेरा प्रमुख बाबा राम रहीम १२ दिनदेखि यो परिचयका साथ जेलमा छन् । भारतको अदालतले दुई महिला बलात्कार मुद्दामा उनलाई २० वर्ष जेल सजाय तोकिएको हो ।

भारतीय संचार माध्यमहरुका अनुसार राम रहीमलाई छुट्टै कोठा दिइएको छ जसमा उनीसँगै ३ जना कैदी पनि बस्छन्। उनी तिनै कैदीहरुसँग गफ गर्ने गर्छन्। उनको कोठा वरिपरि चारैतिर बन्द गरिएको छ र २४ सै घण्टा सुरक्षा व्यवस्था निकै कडा पारिएको छ।

जेलमा राम रहीमको भान्सादेखि बस्ने ठाउँसम्म सीसी क्यामेराले अवलोकन गर्छ। जेलको रोटी नरुचाउने उनले जेलको क्यान्टिनमा जुस र फलफुल किनेर खान्छन्। उनी दिनरात रुँदै भगवानलाई पुकार्दै बस्ने र खाना पनि ठीकसँग नखाने, निदाउन पनि नसक्ने भएको खबर बाहिरिएको छ । नजिकका मानिसहरुसंग भेट्न चाहेका उनले अहिलेसम्म कसैलाई पनि भेट्न पाएका छैनन् ।

169 total views, 2 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु