गर्भवती महिलाले अस्पतालमै गरिन् आत्महत्या

भदौ २२,काठमाडौं । चीनमा एक गर्भवती महिलाले अस्पतालको झ्यालबाट हाम फालेर अत्महत्या गरेकी छन् । उत्तरी शाङसी प्रान्तको अस्पतालमा मा उपनाम दिइएको २६ वर्षीया महिलाले आत्महत्या गरेको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ ।

अस्पतालका डाक्टर हूओ जुनका अनुसार आत्महत्या गर्नुका कारण शल्यक्रिया गर्न परिवार तयार नहुनु भनिएको छ । माले दुई पटक वार्ड छाडेकी थिइन् र परिवारका सदस्यलाई असाध्यै पीडा भएको भन्दै शल्यक्रिया गर्न आग्रह गरेकी थिइन् । तर, उनको श्रीमानले अस्वीकार गरे ।

अस्पतालका अनुसार मा ४१ साताको गर्भवती थिइन् । गर्भमा रहेको शिशुको टाउको ठूलो भएकाले नर्मल डेभिलरी जोखिमयुक्त हुने भएकाले चिकित्सकहरुले परिवारको राय मागेका थिए ।यो घटना एक साता अघि कै भएतापनि भर्खरै मात्र सार्वजनिक भएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु