ताजिकिस्तानसँग घरेलु मैदानमा नेपालको हार

भदौ २०, काठमाडौं। एएफसी एसियन कप छनोट फुटबल अन्तर्गतको आज सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको कृत्रिम मैदानमा भएको खेलमा नेपालले २–१ ले ताजिकिस्तानसँग पराजय व्यहोरेको छ ।

मध्यान्तरअघि नैै २ गोल खाएको नेपालले मध्यान्तरपछि १ गोल फर्काएको थियो । नेपालले खेलको २५औं मिनेटमा पहिलो तथा ३०औं मिनेटमा दोस्रो गोल खाएको हो । नेपालले ६१औं मिनेटमा बिमल घर्तीमगरको गोलका कारण अन्तर मात्र कम गर्‍यो ।

समूह ‘एफ’मा रहेको नेपालले यसअघि खेलेका दुई खेलमध्ये फिलिपिन्ससँग पराजय व्यहोरेको थियो भने यमनसँग बराबरी गरेको थियो । ताजिकिस्तानले भने दुबै खेल हारेको थियो ।

नेपालले ताजिकिस्तानविरुद्ध पराजय व्यहोरेसँगै अर्को चरण पुग्ने सम्भावना कठिन बनेको छ । अंक समीकरणअनुसार नेपाल पुछारमा रहेको छ ।

 

सम्बन्धित शिर्षकहरु