जम्बो मन्त्रीमण्डलको अाकार बढाउँदै देउवा

भदौ १९, काठमाडौं । पशुपति शम्शेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले सरकारमा सहभागी हुने निर्णय गरेसँगै मन्त्रिमण्डलको आकार अझै बढ्ने भएको छ ।

प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल १८ सांसद रहेको राप्रपा (प्रजातान्त्रिक)लाई सरकारमा सहभागी गराउन यसअघि नै सहमत भइसकेका कारण  प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपा (प्रजातान्त्रिक)लाई सरकारमा सहभागी गराउने तयारी गरेको जानकारी प्राप्त भएको छ ।

शान्ति तथा पुनर्निर्माण, वन तथा भूसंरक्षण, विज्ञान तथा प्रविधि र उद्योग मन्त्रालय बाँकी छन् । यी चार मन्त्रालयमा देउवाले नयाँ मन्त्री ल्याउन लागेका हुन् । चार मन्त्री र चार राज्यमन्त्री राप्रपा प्रजातान्त्रिकबाट थपिएपछि देउवा नेतृत्वको मन्त्रिपरिषद् ५८ सदस्यीय बन्नेछ । राप्रपा (प्रजातान्त्रिक) देउवाले २०५२ सालमा बनाएको ५२ सदस्यीय मन्त्रिमण्डलभन्दा जम्बो मन्त्रिमण्डल बन्नेछ । बुधबारभित्र राप्रपाका मन्त्रीहरूलाई सपथ गराउने तयारी भएको बताइएको छ ।

 

सम्बन्धित शिर्षकहरु