यज्ञशको ‘भुइँया’ सार्वजनिक

भदौ १९,काठमाडौं । लामो समयदेखि पत्रकारीतामा सक्रिय पत्रकार यज्ञशले आफ्नो नयाँ कृति ‘भुइयाँ’ पाठक सामु ल्याएका छन ।आइतबार काठमाडौंमा एक कार्यक्रमका बिच नेपाल मानव अधिकार आयोगकी आयुक्त मोहना अन्सारी र आख्यानकार कुमार नगरकोटीले संयुक्त रुपमा पुस्तक विमोचन गरे ।

पुस्तकमाथि टिप्पणी गदैै नगरकोटीले भन्नुभयो, ‘पहिले यज्ञशजीले पुस्तक लेख्दै छु भन्दा मेलै उहाँले आख्यान लेख्दै हुनुहुन्छ होला भन्ने सोचेको थिएँ तर उहाँले मलाई ‘प्लिजेन्ट सरप्राइज’ दिनुभयो नन–फिक्सन लेखेर । तर, यो पुस्तक फिक्सनजस्तै लाग्छ, उहाँको कथ्य बुन्ने तरिका, बिम्बको प्रयोग, पोइटिक वाक्यहरुले गर्दा ।’

पुस्तक लेखनबारे चर्चा गर्दे यज्ञशले भन्नुभयो, ‘पहिला मैले एकजना महिलाको कथा लेखेको थिएँ । त्यस्तै कथा अन्य थुप्रै महिलाको पनि रहेछन् । तिनको कथा पनि लेख्न सकियो भने त पुस्तक नै बन्दो रहेछ भनेर मैले पुस्तक लेख्न सुरु गरेका हो ।ֹ’

पुस्तक फाइनप्रिन्टले प्रकाशन गरेको हो । यसको मूल्य ३८८ रुपैयाँ रहेको छ ।पटकथा लेखक यज्ञशले अनुवाद गरेका दुई कृति ‘मोहनदास’ र ‘नेलकटर’ प्रकाशित छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु