छोराछोरीको अनुहार हेरेर हाँस्ने प्रयास गर्दै एन्जेलिना जोली

भदौ १८ । हलिउड स्टार एन्जेलिना जोडीले ब्राड पिटसँग सम्बन्ध विच्छेद भएपछि आफूले भोगेको पीडाबारे पहिलो पटक मुख खोलेकी छन् ।

पतिसँगको सम्बन्ध विच्छेदका कारण आफू निकै तनावमा रहेको जोलीले बताएकी हुन् । हाल ४२ वर्ष पुगेकी जोलीले आफू निकै कठिन समयबाट गुज्रिरहेको बताएकी छन् । ‘जीवनलाई सहज बनाउन प्रयास गरिरहेकी छु र मानसिकरूपमा निकै कठिन भइरहेको छ,’ उनले भनिन् ।

सम्बन्ध विच्छेदको पीडामा स्तनको शल्यक्रिय र अनुहारमा बेल्स पाल्सी नामको संक्रमणको पीडा थपिएपछि उनी मानसिक तनावमा रहेको समाचार माध्यमले बताएका छन् । सम्बन्ध विच्छेदपछि आफूलाई नरमाइलो लागेका पिटसँग छुट्टिन नचाहेको समेत जोलीले बताइन् । आफ्ना छ जना सन्तानको मायाका कारण र उनीहरुको अनुहार हेरेर हास्ने प्रयास गरेको समेत बताइन् ।

ब्राड पिट पूर्व पत्नी जेनिफर एनिस्टनसँग पुनः नजिकिन लागेको समाचारले चर्चा पाइरहेको बेला जोलीको यस्तो भनाई बाहिर आएको हो । एजेन्सी

Comments

comments

सम्बन्धित शिर्षकहरु