६८ लाख प्रतिबन्धित भारतीय नोटसहित दुई जना पक्राउ

भदौ १८,काठमाडौं । प्रहरीले काठमाडौंको वनस्थलीबाट ठूलो मात्रामा पाँच सय र हजारका प्रतिबन्धित भारतीय नोट बरामद गरेको छ ।
विशेष सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोलीले ६८ लाख २० हजार रुपैयाँ बराबरका पुराना भारतीय नोट बरामद गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक रविन्द्रबहादुर धानुकका अनुसार प्रतिबन्धित भारतीय नोटसहित प्रहरीले २ जनालाई पक्राउ गरेको हो।पक्राउ पर्नेमा बाँके कोहलपुरकी कृष्णकुमारी शर्मा र गोरखाका अर्जुन भण्डारी रहेका छन् ।

प्रहरीले उनीहरु दुई जनालाई पुरानो नोटका कारोबारीले रकम दिएर साट्नका लागी पठाएका बेला पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ परेका दुवै जना रकमका मालिक भने हैनन् । उनीहरुलाई अन्य कुनै व्यक्तिले रकम साट्न पठाएको अवस्थामा पक्राउ परेका हुन् । उक्त रकम नेपाल भित्र्याउने कार्यमा संलग्न रहेकाहरुको प्रहरीले खोजी गरिरहेको जनाएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु