साउदीबाट भीमबहादुरको शव अझै आएन,परिवार शोकमा

भदौ १८,कपिलवस्तु । रोजगारीको सिलसिलामा साउदी पुगेका कपिलवस्तुकोे वाणगंगा नगरपालिका ९ भर्तापुरका ३० वर्षीय भीमबहादुर पछाईकोे दुर्घटनामा परी मृत्यु भएको छ । मृत्यूको खबरले परिवार शोकमा डुबेको छ ।

साउदीको सबकातुइन्सा कम्पनीमा कार्यरत पछाईको कामबाट कोठामा फर्कने क्रममामृत्यु भएको हो । गएको साउन ५ गते मृत्यु भएका पछाईको शव अहिलेसम्म नेपाल नआउँदा परिवार अझ चिन्तित बनेका छन् ।काठमाडौँको सलमानी ओभरसिज म्यानपावरबाट दुई वर्षअघि साउदी पुगेका पछाईले इलेक्ट्रिक कम्पनीमा काम गर्दै आउनु भएको थियो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु