दुई महिनादेखि १५ सय कन्टेनर नाकामै अलपत्र

भदौं १८, काठमाडौं । नेपालीहरुको महान चार्ड दशैंलाई लक्षित गरेर ल्याइएका समान केरुङ भन्सार नाकामै रोकिएका छन् । भन्सारपास नहुँदा केरुङ नाकामा समान बोकेर आएका कन्टेनर दुई महिनादेखि अलपत्र परेका हुन् । दशैंलाई ल्याएका सामान दशैं नजिकिँदासमेत नछुट्दा व्यवसयी मारमा परेका छन् ।

सामान बोकेर आएका १ हजार ५ सय कन्टेनर सामान रोकिएको व्यवसयीले जानकारी दिएका छन् । जुरे पहिरो र भूकम्पले सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि चीनबाट सामान आयात गर्ने एकमात्र नाका केरुङबाट समयमै सामान नछुट्दा व्यवसायीलाई मार परेको हो ।भन्सार मूल्याङकन नहुँदा १० अर्ब रुपैयाँभन्दा बढीको सामान नाकामै रोकिएका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु