संसदको निर्णय भारतमा गएर सच्याउछु भन्ने प्रमले राजीनामा दिनु उचित : ओली

भदौ १८, चितवन । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट चुनिएका प्रधानमन्त्रीले भारतमा गएर सार्वभौम संसदको निर्णय फेरि सच्याउछु भन्नु हास्यास्पद भएको बताउनुभएको छ । राज्यको हैसियत प्रयोग गरेर सरकारले भष्ट्रचार गरेको आरोप लगाउँदै प्रधानमन्त्रीले राजीनामा दिनु उचित हुने ओलीले बताउनु भएको छ ।

प्रेस चौतारी चितवन शाखाले आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ओलीले भन्नुभयो, ‘ राज्यशक्तिको दुरुपयोग र संरक्षणमा भ्रष्टाचारीको संरक्षण भैरहेको छ ।’ भ्रष्टाचारको विरुद्धमा एमालेले पटक–पटक संसदमा आवाज उठाउदै आएको भन्दै ओलीले एमाले एक्लैको प्रयासले भ्रष्टाचार नियन्त्रण सम्भव नरहेको बताउनुभयो । उहाँले भन्नुभयो– भ्रष्टचार रोक्ने राज्यले हो, नागरिकले होइन, एमाले सबै ठाउँमा लडेकाले एकै ठाँउमा केन्द्रित नभएजस्तो देखिएको हो ।’

 

 

सम्बन्धित शिर्षकहरु