धरहरा पुनः ठडिने विषयमा आशङ्का

भदौ १८, काठमाडौं । भूकम्पका कारण ढलेको धरहरा पुनः ठडिने विषयमा आशङ्का बढ्न थालेको छ । मध्य काठमाडौँमा ठडिएको ऐतिहासिक धरहरा राजधानीको शानका रूपमा रहेको थियो । सोही शानलाई कायम राख्न सरकारले ‘मै बनाउँछु मेरो धरहरा’ भन्ने अभियान सुरु गरे पनि एकपछि अर्काे विवाद निस्कँदा धरहरा पुनः ठडिएला कि नठडिएला भन्ने विषयमा आशङ्का बढेको हो ।

भूकम्पका कारण भत्किएका प्राचीन स्मारकमध्ये एक धरहरा राष्ट्रिय गौरव र शानका लागि नेपालीबाटै रकम जुटाउने र अपुग रकम नेपाल टेलिकमले बेहोर्ने प्रारम्भिक छलफल भए पनि पछिल्लो समयमा टेलिकम पछाडि हटेको छ ।

टेलिकमले धरहरा निर्माणका लागि राखेका सर्त पुरातत्व विभागले स्वीकार गर्न नसक्ने बताएपछि टेलिकम धरहरा पुनः ठड्याउने योजनाबाट पछि हटेको हो ।

हाल भत्किएको धरहराको ठुटोलाई २०७२ को भूकम्पको स्मारकका रूपमा यथावत् राखेर त्यस वरपरका ऐतिहासिक सुन्धारा, टक्सार विभाग र गोश्वारा हुलाक कार्यालय रहेको स्थानलाई समेत समेटेर करिब ४२ रोपनी क्षेत्रफलमा धरहरा स्वरूपकै ११ तलेसम्मको आकर्षक अत्याधुनिक टावर निर्माण गर्ने र त्यस वरपर आकर्षक बगैँचा र खुला स्थानको परिकल्पना गरेर एक चरणको डिजाइन पुरातŒव विभागले तयार गरेको छ ।

उक्त डिजाइमा लगानी गर्न तयार भएको नेपाल टेलिकमले सोही स्थानमा आफ्नो व्यापारिक प्रयोजनको भवन पनि निर्माण गर्न पाउनुपर्ने सर्त राखेपछि पुरातत्व विभागले त्यसलाई अस्वीकार गरेको विभागका महानिर्देशक भेषनारायण दाहालले बताउनुभयो ।

नेपाल टेलिकमले भने सुरुमा करिब तीन अर्ब रुपियाँको लागतमा बनाउन सकिने देखिए पनि सम्पूर्ण लागत निर्माणकोे इस्टिमेट गर्दा आठ अर्ब रुपियाँभन्दा बढी लाग्ने भएपछि पूर्वनिर्णय पुनर्विचार गर्न लागेको प्रवक्ता प्रतिभा वैद्यले बताउनुभयो । अाजको गोरखापत्र दैनिकले खबर छापेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु