लामखुट्टे मारेर ट्वीटरमा फोटो पोस्ट गर्दा ‘एकाउन्ट’ नै बन्द

भदौ १७, काठमाडौं । जापानमा एक युवकले लामखुट्टे मारेर सामाजिक सन्जाल ट्वीटरमा फोटो पोस्ट गरेपछि उनको ‘एकाउन्ट’ नै बन्द गरिदिएको छ ।ट्वीटरले आफ्नो नियम उल्लंघन गरेको आरोपमा एकाउन्ट बन्द गरीदिएको हो ।

 

बीबीसीका अनुसार ‘नेमु इज माइ वाइफ’ ट्वीटर ‘ह्यान्डल’ रहेको ती युवकले लामखुट्टे मारेर ट्वीटरमा पोस्ट गरेपछि उनको पोष्टलाई ३१ हजारभन्दा बढी ट्वीटर प्रयोगकर्ताहरुले रिट्वीट् र २७ हजारभन्दा बढीले लाइक गरेका थिए । त्यसपछि ट्वीटरले उनको एकाउन्ट नै बन्द गरिदिएको छ ।

 

ट्वीटरमार्फत गाली तथा वेइज्जती र समाजमा हिंसा भड्काउने खालको सन्देश प्रवाह गरेमा प्रयोगकर्ताको ‘एकाउन्ट’ बन्द गरिने शर्त राखिएको छ । तर, ती युवकको ट्वीटर एकाउन्ट निलम्बित गरिनुको कारण भने लामखुट्टे विरुद्ध अफवाह फैलाएर उपहास गरेर नियम उल्लघंन गरेको ट्वीटर जापानले उल्लेख गरेको छ ।

 

गत अगष्ट २० मा ती युवकले टीभी हेर्नेक्रममा आफूलाई टोकेको लामखुट्टेलाई मारेपछि फोटो खिचेर ट्वीटरमा पोस्ट गर्दै लेखेका थिए, ‘जब म आराम गर्न टेलिभिजन हेर्न बस्छु तब कहाँबाट तँ आएर टोक्छस् मलाइ रु मर ! (सायद तँ अघि नै मरिसकिस्) ।’

 

आफ्नो एकाउन्ट बन्द भएपछि ती युवकले नयाँ एकाउन्ट ९डे ड्रिम म्याचा०मार्फत ट्वीटरको निर्णयको आलोचना गर्दै अचम्ममा परेको बताएका छन् । उनले भनेका छन्, ‘मैलै लामखुट्टे मारेर फोटो पोस्ट गरेपछि मेरो पहिलेको एकाउन्ट सँधैको लागि बन्द भएको छ, के यो सामाजिक सन्जालको उल्लघंन हो ?

 

 

Comments

comments

सम्बन्धित शिर्षकहरु