रञ्‍जित तामाङअखिल क्रान्तिकारीको अध्यक्षमा विजयी

भदौं १७, काठमाडौँ । सत्तारूढ दल नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको अध्यक्षमा रञ्‍जित तामाङ विजयी भएका छन् । शनिबार विहान सार्वजनिक अन्तिम मतपरिणाम अनुसार तमाङले प्रतिस्पर्धी अनिल शर्मालाई २१ मतले पराजित गरेका हुन् ।

शनिबार विहान सार्वजनिक भएको परिणाम अनुसार उपाध्यक्षमा तिलकराज भण्डारी र महासचिवमा उत्तम अधिकारी विजयी भएका छन् । माओवादी केन्द्र र त्यसको भातृ संगठनमा पहिलो पटक निर्वाचनबाट नेतृत्व छानिएको ।

विद्यार्थी संगठनको निर्वाचनलार्इ माओवादी केन्द्रका नेताहरुले प्रतिष्ठाको लडाइँ बनाएका थिए । पार्टीका उच्च नेताहरुले समेत गुट बनाएर प्रचारमा लागेको आरोप लगाइएको थिए यधपी माओवादी केन्द्रले विज्ञप्ती निकालेर यस कुराको खण्डन गरेको थियो ।

क्रान्तिकारी चुनावमा अध्यक्षका दुई प्रत्यासीमध्ये अनिल शर्मालाई जनार्दन शर्माले समर्थन गरेका थिए । अर्कातिर रञ्जितलाई वर्षमान पुनले समर्थन गरेका थिए ।

क्रान्तिकारीको २१ औं अधिवेशन सबैभन्दा बढी लामो समय चल्यो । भदौ ७ गते पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेको सम्मेलन बल्ल नेतृत्व चयनसँगै शनिबार सकिएको हो ।

सम्बन्धित शिर्षकहरु