भ्रष्टाचारीले चुनाव लड्न पाउनुपर्ने माग राख्दै आएको काँग्रेस अन्ततः पछि हट्यो

भदौं १६, काठमाडौं । भ्रष्टचारीले पनि उम्मेदवार बन्न पाउनु पर्ने माग राख्दै तीन हप्तादेखि अवरुद्ध कानुन निर्माण प्रक्रिया सुचारु भएको छ ।निर्वाचन सम्बन्धि विधेयकलाई अन्तिम रुप दिन संसदको राज्य व्यवस्था समितिको बैठक आज बस्दैछ । आज समितिको कार्यालय सिंहदरवारमा बोलाइएको बैठकमा विधेयकलाई अन्तिम रुप दिइने भएको हो । कांग्रेसले भ्रष्टाचार मुद्दामा सजाय पाएको व्यक्तिले पनि उम्मेदवार बन्न पाउने गरी कानून बनाउन माग गरेको थियो ।

भ्रष्टाचारीलाई समेत समयसीमा तोकेर निर्वाचनमा भाग लिन पाउनुपर्ने अडान राख्दै आएको नेपाली काँग्रेस अन्ततः अडानबाट पछाडी हटेपछि राज्यव्यवस्था समितिको बैठक बस्ने भएको हो । प्रदेश र प्रतिनिधि सभाको निर्वाचन विधेयकमाथि संशोधन दर्ता गर्दै भ्रष्टाचारीलाई पनि सिमित अवधिपछि भाग लिन पाउनुपर्ने भन्दै कांग्रेसले अडान राख्दै आएको थियो । प्रतिनिधिसभा सदस्य निर्वाचन सम्बन्धी विधेयकको दफा १३ ‘ङ’ मा भ्रष्टाचार लगायत अन्य अपराधमा दोषी ठहर भइ सजाय पाएको व्यक्तिले चुनाव लड्न नपाउने प्रस्ताव गरिएको छ ।

उक्त प्रस्ताव परिवर्तन गर्न कांग्रेसका १९ जना संसदले विधेयकमाथि संशोधन दर्ता गराएका छन् । कतिपय सांसदले यो दफा नै झिक्नु पर्ने त कतिपयले भ्रष्टाचार मुद्दामा सजाय पाएको तीन वर्ष पूरा गरेपछि चुनावमा उम्मेद्वार बन्न पाउनु पर्ने गरी विधेयकमा संशोधन दर्ता गराएका थिए । एमाले, माओवादी केन्द्र लगायतका दलले भने भ्रष्टाचारीलाई उम्मेदवार बन्न बाटो खुला गर्न नहुने पक्षमा रहेका छन् भने यो सँगै अब राज्य व्यस्था समितिको बैठकले निर्वाचन विधेयक पारित गर्ने भएको छ ।

सम्बन्धित शिर्षकहरु