उपत्यकका १३स्थानमा आजदेखि सुपथ मूल्य पसल सञ्चालनमा आउने

भदौं १६, काठमाडौं । चाडपर्वलाई लक्षित गरी उपत्यकका विभिन्न १३ ठाउँमा सरकारले आजदेखि सुपथ मूल्यका पसलहरु सञ्चालन गर्दै छ । उपभोक्तालाई दैनिक उपभोग्य वस्तुमा राहत दिने उद्देश्यले सहुलियत मुल्य पसल सञ्चालन गर्न लागेको हो ।

सरकारी स्वामित्वमा सञ्चालित नेपाल खाद्य संस्थान, साल्ट ट्रेडिङ कर्पोरेसन र दुग्ध विकास संस्थानमार्फत उपभोक्तालाई सहुलियत दिन सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको आपूर्ति मन्त्तालयले जनाएको छ ।

उपत्यकाका सतुंगल, कालीमाटी, टेकू, काटेश्वर, सिंहरबार थापाथली, बल्खु, जोरपाटी ललितपुरको जाउलाखेल र भक्तपुरको सूर्यविनायक लगायतका १३ स्थानहरुमा सुपथ मूल्य पसल सञ्चालन गर्ने आपूर्ति मन्त्रालयका प्रवक्ता बाबुराम भुषालले जानकरी दिनुभयो ।

प्रवक्ता भुषालका अनुसार नेपाल खाद्य संस्थानले चामल र गेडागुडी, साल्ट टे«डिङ कर्पोरेसनले नुन्, चिनीसँगै अन्य खाद्यन्न र दुग्ध विकास सस्थानले पनिर र घिउ बिक्री गर्ने छ । उपत्यकामा मात्रै नभएर देशका अन्य जिल्लामा पनि स्थानीय तहको सिफारिसका आधारमा सुपथ मूल्य पसल सञ्चालन गर्ने मन्त्रालयले जनाएको छ ।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु