इतिहासमा अाजको दिन

भदाै १६, असनेपाल न्युज । अाज सेप्टेम्बर ८ अर्थात त्यो दिन जसले संसारलार्इ तीतो र मिठो दुवै खाले घटनाहरू सम्झन बाध्य तुल्याउँछ । यसै दिन कयाैँ मानिसले अाफ्नो प्राण गुमाएका थिए भने यसै दिन केहि मानिसको सपना पुरा पनि भएको थियो । विश्वभरका मानिसमा यस दिनले पारेको छाप यस प्रकार रहेका छन् :

सन् १८९४
अमेरिकी राज्य मिनेसोटाको हिंक्ले सहरमा डढेलोबाट फैलेको आगलागीमा परी चार सय ४० को मृत्यु भएको थियो ।

सन् १९३९
जर्मनीले पोल्यान्डमाथि कब्जा जमाएसँगै दोस्रो विश्वयुद्ध आरम्भ भएको थियो ।

सन् १९६९
२७ बर्षका सैनिक क्याप्टेन मौमार अल गद्दाफस्ले लिबियाका राजा इद्रिसविरुद्ध सफल सैनिक विद्रोह गरेका थिए ।

सन् १९७९
अमेरिकी अन्तरिक्षयान पायोनियर ११ पहिलोपल्ट ग्रहमा पुग्न सफल भएको थियो ।

सन् १९८३
सोभियत हवाई क्षेत्रमा उडेको आरोपमा सोभियत लडाकु विमानबाट कोरियन वायु सेवाको विमानमा गोली प्रहार भएको थियो । उडीरहेको चालक खस्दा चालक दलका सदस्यसहित दुई सय ६९ को मृत्यु भएको थियो ।

65 total views, 6 views today

Comments

comments

सम्बन्धित शिर्षकहरु