घिसिङले दिए राजीनामा

भदौं १६, काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद योगेन्द्र तामाङ घिसिङले सांसद पदबाट राजीनामा दिएका छन्।

ललितपुरबाट समानुपातिकमा सांसद् भएका उनले हिजो आफू कुनै पार्टीमा आबद्ध नरहेको उल्लेख गर्दै सभामुखसमक्ष पद परित्याग गरी राजीनामा दिएका हुन्।

प्रमुख सचेतक शर्माले घिसिङले स्थानीय निर्वाचनमा पार्टीलाई अन्तरघात गरेका विषयमा पार्टीले कारवाही गरेको र संसद्मा पनि पटक पटक ह्विप उलङ्घन गरेका विषयमा प्रश्न उठेपछि सांसदबाट पनि हटाउने तयारी भएका सन्दर्भमा उनको राजीनामा आएको हुन सक्ने बताए।

Comments

comments

सम्बन्धित शिर्षकहरु