सगरमाथाको गहिराईले पद्मश्री पुरस्कार प्राप्त गर्न सफल:

महेश्वर शर्मा

लोक प्रिय युवा कवि नवराज पराजुलीको कविता संग्रह “सगरमाथाको गहिराईले पद्मश्री पुरस्कार प्राप्त गर्न सफल भएको छ। कविता संग्रह ” सगरमाथाको गहिराई” उहाँको पहिलो कृति कविता संग्रह हो। अहिले सो कविता संग्रह थूप्रै पाठकहरुमाझ लोकप्रिय बनेको छ।

लोकप्रिय युवा कवि नवराज पराजुलीको जन्म २०४३ साल माघ २८ गते जलथल झापामा भएको हो। बुवा हरि प्रसाद पराजुली र आमा लक्ष्मी देवी पराजुलीको हौसला र मायाले बाल्य अवस्था बाटै कविता लेखनमा रुचि रहेको उहाँ बताउनुहुन्छ।झापा बाट काठमान्डौं आएपछि उहाँको कविता वाचनमा पृथकता थपिएको हो।

अल नेपाली पोयट्री स्ल्याम–२०१४ का विजेता र साताको साहित्य पुरस्कार २०१५ (अष्ट्रेलिया)बाट पुरस्कृत नवराज पराजुली ‘पर्फमेन्स पोयट्री’बाट समकालीन कवितामा सर्वाधिक चर्चामा आएका कविहुनुहुन्छ। सामाजिक सञ्जालमा संसारभरिबाट उहाँको कविता लाखौं पटक हेरिएको र सुनिएको छ।सगरमाथाको गहिराइ,हेप्पी बर्थडे,लोकसेवा,पिरती,ब्रह्माजीको रजश्वला,खोया उहाँको सबैभन्दा रुचाइएको कविता हो।

यो संसारको कुनै महान् चित्रकारलाई
यो विश्व नै पोत्न पुग्ने रङ चाहिए
मेरो देशका गुराँश सँग सापटी माग्नु
म त गुराँशको देशको मान्छे
तर
यो कुरा पछि गरौंला कि
मैले खाने चामलको रङ किन्न
म आफुं चाहिं अरब आएको छु।

कविता संग्रह सगरमाथाको गहिराइबाट “सगरमाथाको गहिराइ”शिर्षक रहेको यो कविता पंक्तिले लाखौं नेपालीको हृदय छोएको छ। सो कविता संग्रह सगरमाथाको गहिराई हाल डेनमार्कका विद्यालयहरुमा शैक्षिक सामाग्रिको रुपमा पठनपाठन भइरहेको छ। जसको अंग्रेजी अनुवाद कवि पराजुलीलेनै गर्नुभएको हो।

बाँसुरीको सुमधुर धूनसंगै,पृथक कविता वाचन शैलीका साथमा थूप्रै दर्शकहरुलाई मन्त्र मुग्ध बनाउने अद्भुत क्षमताका धनि लोकप्रिय युवा कवि नवराज पराजुली युरोपका विभिन्न देशहरु र अष्ट्रेलियाका सबै शहरहरुमा आफ्नो प्रस्तुती देखाइसक्नुभएको छ।

“हेब्बी बड्डे” शिर्षक रहेको कविताको यो अन्तिम पंङ्क्तिले धेरैको हृदय छोएको छ।

मैले आफूलाई सम्झेको दिन
तिमीलाई सम्झिन्छु
आफूलाई बिर्सिएको दिन
तिमीलाई सम्झिन्छु,

मलाई नढाँटीकन भन त मेरो छोरा!
आज
तिम्रो जन्मदिनमा
तिमीले
मलाई सम्झ्यौ?”

Comments

comments

सम्बन्धित शिर्षकहरु