बाढीले बगाएर काठमाडौंमा एकजनाको मृत्यु

भदौ १५, काठमाडौं । बुधबार मध्यरातमा भएको वर्षाका कारण बागमतीमा आएको बाढीले बगाएर एकजनाको ज्यान गएको छ । बागमती नदी किनारमा बाढीले बगाएर ल्याएको एउटा शव भेटिएको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी वृत्त बानेश्वरका अनुसार बिहान सवा ७ बजे भिएस निकेतन स्कूल तीनकुने नजिकै बागमती नदी किनारामा एक पुरुषको शव भेटिएको हो । अन्दाजी ३५र४० वर्षका पुरुषको शव भेटिएको र उनको सनाखत नभएको प्रहरीले जनाएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु