‘आकाशै खसे पनि माओवादीमा फर्किन्न’ : डा बाबुराम भट्टराई

भदौ १३, काठमाडौँ । नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले आफू पुनः माओवादीमा कुनै पनि हालतमा नफर्कने बताएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी छाडेर गएकाहरु मूलधारमा नफर्के सिद्धिने चेतावनी दिइरहेका बेला भट्टराईले आकाश खसेपनि माओवादी नफर्किने बताएका हुन् ।

मंगलवार काठमाडौंमा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा भट्टराईले भने, ‘ आकाश खसोस, धर्ती भासियोस बैकल्पिक राजनीतिक धार बाहेकमा जीवन बर्बाध गर्ने छैन् । नयाँ र बैकल्पिक राजनीतिक धारबाहेक बाहिर गएर बाँकी जीवन बर्बाद गर्न चाहन्न । ‘

Comments

comments

सम्बन्धित शिर्षकहरु