उज्यालो नेपाल अभियान निरन्तररुपमा अघि बढ्ने कुलमानको भनार्इ

 भदौ १३, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उज्यालो नेपाल अभियान निरन्तररुपमा अगाडि बढिरहेको बताएका छन् । ऊर्जा मन्त्री महेन्द्रबहादुर शाही, ऊर्जा सचिव अनुपकुमार उपाध्यायलगायतको नेतृत्वमा आफू र आफ्ना कर्मचारीले अहोरात्र खटेर उज्यालो नेपाल अभियानको लगी काम गरीरहेको उनले बताएका छन् । सनथै बजारमा आएका अनावश्यक हल्ला गलत भएको र यसमा विश्वास नगर्न उनले सबैलार्इ अाग्रह गरेका छन् ।

विद्यमान ऊर्जा संकट समाधान गरी उज्यालो नेपाल निर्माण गर्ने, निर्माणाधीन जलविद्युत् तथा प्रसारण/वितरण लाइन आयोजना निर्माणलाई तीव्र्रता दिने कार्य निरन्तर जारी रहेको उनले बताएका छन् । प्राधिकरणको वित्तीय तथा प्रशासकीय सुधार गर्ने, समग्र ऊर्जा क्षेत्रको पुनःसंरचना गरी ऊर्जामा आत्मनिर्भर बनाउनेलगायतका काम ऊर्जा मन्त्रीको नेतृत्वमा अगाडि बढाइरहेको उनले स्पष्ट पारेका हुन् ।

देशमा विध्यमान ऊर्जा संकटलार्इ जरैदेखि उखेलेर ऊर्जामा नेपाललार्इ आत्मनिर्भर बनाउन चालिएका कदम सफल बनाउन उनले सबैमा अनुरोध गरेका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु