जापानको अाकाशमा उत्तर कोरीयली क्षेप्यास्त्र, जापानले जवाफ दिने

भदौ १३, काठमाडौं । मंगलबार बिहान उत्तर कोरियाले पुनः ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ । ब्यालेस्टिक क्षेप्यास्त्र जापानलार्इ पार गरेर समुद्रमा खसेको थियो । यससँगै जापान सरकारले आफ्ना नागरिकहरुलाई सुरक्षित र सतर्क रहन सूचना जारी गरेको छ ।

जापनको अाकाशमा उत्तर कोरियाली क्षेप्यास्त्र देखिएपछि त्यहाँ सजग गराउने साइरन बजेको थियो । मानिसहरुलाई भुईँतला वा पक्की घरमा लुक्न आग्रह गरिएको थियो । साथै मोबाइलमा म्यासेज पठाएर पनि सतर्क रहन भनिएको छ । जापानको उत्तरी होकाइदो टापुको करिब ३ हजार किलोमिटरसम्म उक्त क्षेप्यास्त्र पुगेको बताइएको छ ।

यो घटनासँगै जापानका मानिसहरू अातंकित बनेका छन् । उत्तर कोरियाले प्रहार गरेको यो क्षेप्यास्त्र परीक्षण गम्भीर र देशका लागि खतरा भएको जापानी प्रधानमन्त्री शिन्जो आबेले  बताएका छन् । उत्तर कोरियाको यो क्षेप्यास्त्र परीक्षणपछि जापान र उत्तर कोरियाबीच तनाव बढ्न सक्ने अनुमान गरिएको छ । जापान सरकारका मुख्यसचिव योशिहिदे सुगाले उत्तर कोरियाली परीक्षणको जवाफस्वरुप उपयुक्त कदम चाल्ने बताएका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु