‘छक्का पञ्जा २’ को दोस्रो गीत ‘झ्याम्म झ्याम्म’ सार्वजनिक

भदौं १२,काठमाडौं । हरिवंश आर्चाय र आस्था राउतको स्वरमा रहेको ‘छक्का पञ्जा २’ को दोस्रो गीत सार्वजनिक गरिएको छ । दीपाश्री निरौलाको निर्देशनमा बनेको ‘छक्का पञ्जा २’ मा समावेश ‘छम्म, छम्म’ बोलको गीत सार्वजनिक भएको हो ।

गीतको भिडियोमा प्रियंका कार्कीको साथमा विल्सन विक्रम राई, बुद्धि तामांग तथा अन्य कलाकारले कम्मर मर्काई मकाई नाचेका छन् । उत्तम सञ्जेलको शव्द तथा किरण कँडेलको संगीत रहेको यस गीतको भिडियोलाई कविराज गहतराजको कोरियोग्राफी गरेका छन्। भिडियोमा कलाकारहरुको नृत्य निकैनै उत्कृष्ट देख्न सकिन्छ्। चलचित्रमा तक्मे बुढा अर्थात विल्सन विक्रम राईको अभिनय नरहेपनि यस गीतमा दमदार नृत्य रहेको छ।

गत वर्ष कीर्तिमान कायम गर्ने सिनेमा ‘छक्का पञ्जा’को सिक्वेल ‘छक्का पञ्जा २’ असोज ११ गते फूलपातीको दिन पारेर रिलिज हुँदैछ । यस सिनेमामा प्रियंका कार्की, दीपकराज गिरी, शिवहरि पौड्याल, आयुष्मान देशराज जोशी लगायतका कलाकारको पनि मुख्य भूमिका रहेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु