अमेरिकी महिलाले जितिन् विश्वकै सबैभन्दा धेरै धनराशीको चिठ्ठा

एजेन्सी,भदौं १२ ।उत्तर अमेरिकाको अहिलेसम्मकै सबैभन्दा ठूलो र व्यक्तिगत रुपमा विश्वकै सबैभन्दा धेरै धनराशीको चिठ्ठा हात पार्ने ५० वर्षीया माविस वांकजिक संसारकै सबैभन्दा धेरै रकम चिठ्ठामा पाउने भाग्यमानी महिला बनेकी छन् । उनले नेपाली रुपैयाँ ८० अर्ब चिठ्ठा जितेर सबैलाई तरङ्गित बनाएकी छिन् । तीनै मेभिस केहि दिनयता निकै चर्चित छिन् ।

५० वर्षीया माविस वांकजिक दुई सन्तानकी आमा हुन् । उनले म्यासाचुसेट्सको शिकोपीमा एउटा पेट्रोल पम्पमा उक्त टिकट किनेकी थिइन् । चिठ्ठा जितेकी माविसले संचार माध्यमलाई आफूले जागिर छाडेको बताइन् । उनको लक्क नम्बर ६,७,१६,२३,२६ र ४ थियो । म्यासाचुसेट्स स्टेट लटरीले बुधबार राति टिकटको ड्र सार्वजनिक गरेको हो । चिठ्ठा जितेपछि माविसले भनिन्–पहिलो काम म जे गर्न चाहन्छु त्यो हो घर बनाउनु र आराम गर्नु । मेरो यो सपना थियो जुन अहिले पूरा भयो ।’

बुधबार संयुक्त राज्य अमेरिकाको मासाचुसेट्स राज्यमा भएको यो घोषणाले एकपटक विश्वलाई तरङ्गित बनायो । घोषणासँगै विश्वभर एकजना महिलाको कथा उतार्न सञ्चार माध्यमले जोडतोड लगाए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु