ताप्लेजुङका कच्ची सडकमा यातायात ठप्प,अविरल बर्षाका कारण ठाँउ ठाउँमा पहिरो

भदौ १२, ताप्लेजुङ। ताप्लेजुङका अधिकांश कच्ची सडकमा वर्षाका कारण पहिरो जाँदा सडक अबरुद्ध बनेको छ ।
बाटो हिलाम्मे हुँदा सदरमुकामबाट गाउँसम्म जाने यातायातका साधन चल्न सकेका छैनन् । बाटोको स्तरोन्नतीका लागि काम भइरहे पनि बाढी पहिरोले अवरोध आएको निर्माणकर्ताहरुले बताएका छन् ।

फुङ्लिङ सदरमुकामबाट पूर्वी क्षेत्र जोड्ने खाम्दिने, तेल्लोक, याङपाङ, याम्फुदिन, हेल्लोक सडकको निर्माण भईरहे पनि गत साउन २२ गतेदेखि अविरल पानी पर्दा एक दर्जन ठाउँमा पहिरो गएको छ ।

त्यस्तै ताप्लेजुङ खण्डमा बनाइएका रिटेनिङ वाल र ग्याविन वाल बगाउँदा ठूलो क्षति भएको छ ।

सो बाटो बन्द हुँदा जिल्लाको पूर्वी क्षेत्रमा रहेका दुई वटा गाउँपालिका सिरिजंघा र सिदिङ्वामा आवत जावत टुटेको छ । ती दुई गाउँपालिकाका साबिकका एक दर्जन गाविसको सडक सम्पर्कविहीन भएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु